singel post top banner

“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, चैत्र २८, २०८२
|
|
१४४ पटक हेरिएको
Shares
“आइतबार बहिरंग सेवा सञ्चालन गर्न कठिनाइ” : चिकित्सक संघ

सारांश

  • काठमाडौँ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै निर्णयमा पुनर्विचार गर्न माग गरेको छ।
  • सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागु गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो।

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै निर्णयमा पुनर्विचार गर्न माग गरेको छ।

सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागु गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो।

निर्देशन प्राप्त भएपछि संघले विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीले ९-५ बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत चौबीसै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघले जनाएको छ। पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने संघको ठहर छ।

यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक-फरक सूचना जारी गरेका छन्। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले आकस्मिकबाहेक आइतबार बहिरंग सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्।

उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पतालले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन्।

संघले विभिन्न स्वास्थ्य संस्थामा फरक-फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्यसेवा लिने बिरामीहरू अन्योलमा पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ। संघले ज्यादै न्यून सेवा सुविधा दिई जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्षमा उत्रिन बाध्य हुने भन्दै चेतावनी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

‘गण्डकीमा सामाजिक सुरक्षा र सशक्तिकरणमा तीव्रता’- मन्त्री थापा
‘गण्डकीमा सामाजिक सुरक्षा र सशक्तिकरणमा तीव्रता’- मन्त्री थापा
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
दीपक खड्कालाई थुनामै राख्न आदेश
दीपक खड्कालाई थुनामै राख्न आदेश
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
singel sidbar banner
singel sidbar banner 2