singel post top banner

शनिबारको विदेशी मुद्राको विनिमय दर

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
५१ पटक हेरिएको
Shares
शनिबारको विदेशी मुद्राको विनिमय दर

सारांश

  • फागुन १७ ।
  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
  • आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

फागुन १७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ २४ पैसा र बिक्रीदर १४५ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ८४ पैसा र बिक्रीदर १७६ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ७३ पैसा र बिक्रीदर १५५ रुपियाँ ४० पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७८ पैसा र बिक्रीदर ९७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ६० पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९८ पैसा र बिक्रीदर १३ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ। त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
बीबीसीको जेनजी आन्दोलन सम्बन्धी रिपोर्ट हटाउन निर्वाचन आयोगले लेख्यो पत्र
एक दर्जन युवाहरु काँग्रेस प्रबेश
एक दर्जन युवाहरु काँग्रेस प्रबेश
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल : राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
“जनताको सुझाव र प्राथमिकता नै मेरो योजना” – रानाभाट
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
आजको मौसम : यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
“चुनावी सुरक्षामा कुनै कमजोरी नरहोस” – प्रधानमन्त्री कार्कि
singel sidbar banner
singel sidbar banner 2