singel post top banner

जनप्रिय माविमा विद्यार्थी बिदाई

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, चैत्र २९, २०८२
|
|
१५४ पटक हेरिएको
Shares
जनप्रिय माविमा विद्यार्थी बिदाई

सारांश

  • पोखरा, २९ चैत ।
  • जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ ।
  • कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका थिए ।

पोखरा, २९ चैत । जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका थिए । कक्षा ११ का छात्र सागर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पास आउट विद्यार्थीलाई शुभकामना दिँदै समयको सदुपयोग गर्न सुझाव दिएका थिए ।
आफ्नो शैक्षिक यात्रा जनप्रियमै भएको बताएका बरालले उत्कृष्ट विद्यार्थी बनेर समाज र देशमा नमुना र योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाव दिएका थिए । विदाई कार्यक्रममा विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटीले विद्यालयको विभिन्न गतिविधिको जानकारी दिँदै सफलताको मापन परीक्षाको रिजल्ट संगै प्राप्त गरेको उपलब्धिलाई जीवनमा सफल रुपान्तरण गर्नु नै ज्ञानको दीयो बाल्नु भएको बताए ।
प्रअ वस्ताकोटीले कास्कीको मात्र नभई राष्ट्रलाई योगदान दिन सक्ने शैक्षिक एवं योग्य जनशक्ति उत्पादन गर्न विद्यालयले रचनात्मक शैक्षिक कार्यक्रम ल्याएको बताए । कक्षा १२ मा अध्ययनरत ३ सय ९७ जना विद्यार्थीलाई विदाई सभामा जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख कृष्णबाबु बरालले लक्ष्य हासिल गर्न आजैबाट तालिका बनाउन विद्यार्थीलाई आग्रह गर्दै शैक्षिक यात्रामा क्याम्पसले स्वागत गरिरहेको उल्लेख गरे ।
विद्यालयका शिक्षक बासु तिमिल्सिनाले संचालन तथा सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीले नृत्य प्रदर्शन गरेका थिए । विद्यार्थीहरु एलिसा राना, बबिता क्षेत्री लगायतको समूहले नेपाली मौलिक झल्कने सांस्कृतिक प्रस्तुती दिएका थिए । विदाई भएका मध्ये कक्षा १२ की छात्रा प्रशंसा पाण्डेले माया, धैर्यता र समर्पण सिकाएको विद्यालय र गुरुहरुको सम्झना जीवन भर रहने बताईन् । उनले कक्षा ११ का भाईवहिनीहरुलाई धन्यवाद दिँदै मेहनेत भोलि गरेर नपाउने भएकाले आजैबाट सुरु गर्न सुझाव दिएकी थिइन् । कार्यक्रममा नमुना विद्यालय निर्माण गर्न विद्यार्थीलाई अनुशासित, मर्यादित र सीप युक्त शैक्षिक जनशक्ति उत्पादन गर्न जनप्रिय मावि अग्र भागमा रहेर कार्यहरु गरिरहेको शिक्षकहरुले बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको रारा भ्रमण
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप 
हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
singel sidbar banner
singel sidbar banner 2