singel post top banner

जिब्रो छेड्ने सुजनलाई २ लाख नगद

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, बैशाख २, २०८३
|
|
२९१ पटक हेरिएको
Shares
जिब्रो छेड्ने सुजनलाई २ लाख नगद

सारांश

  •   भक्तपुर ।
  • बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
  •  वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

 

भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।

जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई मुख्यमन्त्री  जोखिम संस्कृति संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत उक्त रकम सहित जिव्रो छेड्नेलाई सम्मान गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको इन्द्रजात्रामा भएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिको थियो ।

‘जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको छ । निकट भविष्यमा यो जात्रा लोप हुन नदिन र ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न वर्षमा २ पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था भएको हो’, उहाँले जानकारी दिनुभयो ।

मध्यपुर थिमी का दुई स्थानमा जिब्रो छेडाउने परम्परा छ। बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा जिब्रो छेडिन्छ।

यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बागा श्रेष्ठलाई मध्यपुर थिमीको जिब्रो छेड्ने स्थान नजिक नै गएर सम्मान गरेको थियो । उहाँलाई सम्मान गर्ने कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, थिमी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ मा
दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड वैशाख ३१ मा
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग
रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“चुनावी सुरक्षामा कुनै कमजोरी नरहोस” – प्रधानमन्त्री कार्कि
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
सपना भिलेजको बार्षिक समीक्षा तथा योजना निर्माण कार्यशाला
singel sidbar banner
singel sidbar banner 2