singel post top banner

जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित

पोखरा हटलाइन पोखरा हटलाइन
|
शनिबार, बैशाख १२, २०८३
|
|
११६ पटक हेरिएको
Shares
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित

सारांश

  • गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.
  • ६ रेक्टर स्केलको भूकम्पले देशभर क्षति पुर्‍याएको थियो, जसको पीडा अझै धेरै नागरिकका जीवनमा बाँकी छ।
  • विशेषगरी पुनः स्थापनाको पर्खाइमा रहेका विपन्न र सीमान्तकृत समुदाय, अझ दलित बस्तीहरूका लागि यो १० वर्षको यात्रा अझै अधुरो नै देखिन्छ।

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले देशभर क्षति पुर्‍याएको थियो, जसको पीडा अझै धेरै नागरिकका जीवनमा बाँकी छ। विशेषगरी पुनः स्थापनाको पर्खाइमा रहेका विपन्न र सीमान्तकृत समुदाय, अझ दलित बस्तीहरूका लागि यो १० वर्षको यात्रा अझै अधुरो नै देखिन्छ।बिहान ११ बजेर ५६ मिनेटमा गएको उक्त भूकम्प र त्यसपछिका परकम्पहरूले काठमाडौं उपत्यकासहित १४ जिल्ला गम्भीर रूपमा प्रभावित भए। करिब नौ हजार नागरिकको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त हुँदा लाखौँ मानिस विस्थापित हुन पुगे। धरहरा, दरबार स्क्वायरलगायत ऐतिहासिक सम्पदाहरू समेत भत्किएर मुलुकले ठूलो सांस्कृतिक क्षति पनि बेहोर्नुपर्‍यो।

सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुली, सोलुखुम्बू लगायतका जिल्लाहरू सबैभन्दा बढी प्रभावित बनेका थिए। १९९० सालपछिको सबैभन्दा ठूलो भूकम्पको रूपमा यसले नेपालको भौतिक संरचना मात्र होइन, सामाजिक र आर्थिक संरचनामाथि पनि गहिरो असर पारेको थियो।

दसौँ भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी तयारी, जनचेतना र सुरक्षित निर्माणमा जोड दिएका छन्। उनले सहरीकरणसँगै जोखिम बढ्दै गएको उल्लेख गर्दै पूर्वतयारी, प्रतिकार्य र सुरक्षाका उपायबारे जनस्तरमा चेतना फैलाउनु आवश्यक रहेको बताएका छन्। साथै, भूकम्पमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुनर्निर्माणमा योगदान दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

भूकम्पपछि बारपाक क्षेत्रमा एक हजारभन्दा बढी घर भत्किएका थिए। त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थाले। समयसँगै केही परिवार फर्किए पनि २४ घरधुरी अझै जोखिमका कारण आफ्नो थलोमा फर्किन सकेका छैनन्।

यी परिवारहरूले आफ्नो पुरानो जग्गाको लालपुर्जा बुझाएर सट्टापट्टाको प्रक्रिया पूरा गरी सरकारबाट स्वीकृति समेत पाएका छन्। तर, स्थानीय तहमा देखिएको राजनीतिक खिचातानीका कारण उनीहरू अझै व्यवस्थित घर बनाउनबाट वञ्चित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू
बाँदर आतङ्कको समाधान खोज्दै विज्ञहरू
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
रेशम चौधरी चुनाव लड्न नपाउने
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा सहारा र पुलिस भिड्ने
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन
singel sidbar banner
singel sidbar banner 2