singel post top banner

संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १, २०८२
|
|
२९७ पटक हेरिएको
Shares
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन

सारांश

  • पोखरा, १ फागुन ।
  • नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
  • नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले सेवा प्रवाह गर्दा कर्मचारीले मन र ध्यान दिएर उपभोक्ताको हितमा कार्य गर्न कर्मचारीलाई अनुरोध गरेका हुन् ।

पोखरा, १ फागुन ।
नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले सेवा प्रवाह गर्दा कर्मचारीले मन र ध्यान दिएर उपभोक्ताको हितमा कार्य गर्न कर्मचारीलाई अनुरोध गरेका हुन् ।
कर्मचारी संघ इकाई समितिका अध्यक्ष अनील शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका तत्कालिन उपाध्यक्ष भोजराज चापागाँईलाई विदाई गर्दै कार्यालय प्रमुख कार्कीले कर्मचारीमा इमान्दारिता, लगानशीलता र गर्छु भन्ने मान्यता अंगिकार गर्न आग्रह गर्दै खानेपानीको सेवा क्षेत्रमा अब्बल बनाउने काम कर्मचारीबाट मात्र सम्भव हुने बताए ।
कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानलाई बलियो र भरपर्दो बनाउने अभियान केवल कर्मचारीबाट मात्र पुरा हुने भन्दै कर्मचारीको सेवा, सुविधा तथा स्थायित्व तर्फ सिंगो व्यवस्थापन लाग्नु पर्नेमा जोड दिएका थिए ।
अध्यक्ष धमलाले संस्थानको ३७ औं वार्षिकोत्सव आगामी फागुन १५ गते भएकाले कर्मचारी संघले रचनात्मक कार्यक्रम मार्फत् सवै कर्मचारीलाई जोड्न आग्रह गरेका थिए । कर्मचारी संघ इकाई समितिका सचिव विमल तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत गर्दै कर्मचारी संघका सदस्य विक्रम बरुवालले भोजराज चापागाईबाट सिक्नु पर्ने ज्ञान धेरै भएकाले शिक्षक सेवामा आवद्ध भएपनि संस्थानलाई निरन्तर माया र सद्भाव राख्न अनुरोध गरेका थिए ।
कार्यक्रममा कर्मचारी संघ केन्द्रीय समिमिका सल्लाहकार एवं पोखरा शाखाका प्रशासन प्रमुख विष्णु प्रसाद रेग्मीले कर्मचारी एकतामा जोड दिँदै आफूलाई परेको समस्या खुलेर भन्न आग्रह गरेका थिए । कार्यक्रममा कर्मचारी संगठन केन्द्रीय समितिका महासचिव वसन्तराज भण्डारीले संघको रचनात्मक कार्यक्रमलाई शुभकामना दिँदै विदाई भएका कर्मचारी चापागाईलाई आगामी दिनको सुखद यात्राको कामना गरेका थिए । शिक्षक सेवा आयोगबाट आगामी यात्रा तय गरेका भोजराज चापागाईले कार्यालयको निर्देशन र आदेश पूर्ण पालना गर्नु नै कर्मचारीको गहना भएकाले सधै सकारात्मक सोच राख्न अनुरोध गरेका थिए । उनले आफूबाट अन्जानमा भएको कमी कमजोरीलाई मनमा नलिन कार्यरत कर्मचारीसँग आग्रह समेत गरेका थिए । चापागाईलाई दोसल्ला र कदर पत्रले सम्मान तथा विदाई गरिएको कर्मचारी संघका सदस्य रुपेश पाण्डेले जानकारी दिए । चापागाई हाल काठेखोला गाउँपालिका बाग्लुङ स्थित धारा माध्यमिक विद्यायलयमा अध्यापन गराउँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!
बालेन साह बारे भ्रामक पोस्ट गर्ने पक्राउ!
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
पोखरामा ‘मिशन यूएसए एजुकेशन कन्सल्टेन्सी’ को नयाँ शाखा
नेपाली नागरिकलाई छिटो इरान छोड्न सल्लाह
singel sidbar banner
singel sidbar banner 2