singel post top banner

माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, आषाढ १०, २०८३
|
|
३ पटक हेरिएको
Shares
माछापुच्छ्रे गाउँपालिकाको बजेट ७० करोड ४६ लाख

सारांश

  • कास्की, असार १० — माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
  • गाउँपालिकाको उन्नाइसौँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले बजेट प्रस्तुत गर्दै “समृद्ध गाउँपालिका, सुखी नागरिक” को लक्ष्यअनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखिएको बताइन्।
  • बजेटमध्ये ६९.

कास्की, असार १० — माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७० करोड ४६ लाख ७० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको उन्नाइसौँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले बजेट प्रस्तुत गर्दै “समृद्ध गाउँपालिका, सुखी नागरिक” को लक्ष्यअनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राखिएको बताइन्।

बजेटमध्ये ६९.०४ प्रतिशत अर्थात् ४८ करोड ७७ लाख २४ हजार रुपैयाँ चालु खर्च तथा ३०.९६ प्रतिशत अर्थात् २१ करोड ६९ लाख ४६ हजार रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको पारिश्रमिक व्यवस्थापन, कक्षा ६ देखि १२ सम्म दिवा खाजा कार्यक्रम विस्तार तथा खेलकुद प्रवर्द्धनका कार्यक्रम समावेश गरिएका छन्। स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाको स्तरोन्नति, औषधि खरिद, क्यान्सर परीक्षण तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।पूर्वाधार विकासतर्फ विभिन्न रणनीतिक सडक स्तरोन्नति, खानेपानी तथा सिँचाइ आयोजना सञ्चालन गरिनेछ। कृषि क्षेत्रमा उत्पादन वृद्धि, मौरीपालन प्रवर्द्धन, कृषि प्रयोगशाला स्थापना तथा किसान प्रोत्साहन कार्यक्रमका लागि बजेट छुट्याइएको छ। पर्यटन क्षेत्रको विकास, पदमार्ग निर्माण तथा सांस्कृतिक सम्पदाको संरक्षणका कार्यक्रमसमेत समेटिएका छन्।

गाउँपालिकाले आगामी वर्ष सामाजिक विकास क्षेत्रमा ३३ करोड ९४ लाख ९२ हजार, पूर्वाधार विकासमा १५ करोड ९५ लाख ९२ हजार, आर्थिक विकासमा ३ करोड १४ लाख ९३ हजार तथा सुशासन र सेवा प्रवाहमा ४ करोड ६० लाख ६० हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ।उपाध्यक्ष अधिकारीले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता सम्बोधन गर्ने प्रयास गरिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2