singel post top banner

भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, माघ १६, २०८२
|
|
३३४ पटक हेरिएको
Shares

सारांश

  • पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ ।
  • भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।
  • नेपालका सिमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युुडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ ।

पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ ।

भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।
नेपालका सिमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युुडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ । यस्तो अवस्थाको अन्त्यका लागि विदेशबाट आएका सवारी साधनलाई पोखरामा पार्किङ गरी यहाँका स्थानीय सवारी साधन लिएर मात्रै ती गन्तव्यहरूमा जाने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न संघबाट यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष दुर्गादत्त दहालले बताउनुुभयो ।
उहाँका अनुुसार संघको ध्यानाकर्षणसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले विदेशी सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिइसकेको छ ।
प्रशासनको उक्त निर्देशनले यहाँका स्थानीय व्यवसायीलाई ठूलो राहत मिल्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । भारतीय सवारीसाधनहरू बिना रुट परमिट तथा भन्सार सिधै हिमाली गन्तव्यहरूमा पुुग्ने गरेको पाइएसँगै संघले संस्थागत रुपमा यही माघ ८ गतेदेखि ११ गतेसम्म पोखरा–१ याम्दीमा गरिएको अनुगमनमा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र भन्सार हिड्ने गरेको पाइएको उहाँले बताउनुुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
चितवनका शिव शिखर सहकारी पीडित काठमाडाैंकाे आन्दोलनमा सहभागी हुने
आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा
पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
पोखरामा ‘रनवे रोयल्टी’को पहिलो चरण अडिसन सम्पन्न
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
singel sidbar banner
singel sidbar banner 2