singel post top banner

आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
२९१ पटक हेरिएको
Shares
आहा! रारा पोखरा गोल्डकपमा जावलाखेल युथ क्लब सेमिफाइनलमा

सारांश

  • जावलाखेल युथ क्लबले २५औँ आहा!
  • रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • यो जित सँगै आहा!

जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकपअन्तर्गत दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।यो जित सँगै आहा! रारा पोखरा गोल्डकपमा आइतबार सम्पन्न खेलमा जावलाखेल प्रतियोगिताको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।जावलाखेलले पहिलो गोल धर्मेन्द्र कुँवरमार्फत गरेको थियो । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले डाइभ गर्दै बल समात्ने क्रममा हातबाट फुत्काएपछि धर्मेन्द्रले कुनै गल्ती नगरी अवसरको सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए ।दोस्रो गोल जमैकन खेलाडी निकोलस ह्यामिल्टनले गरे । उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै गोलरक्षक दीप कार्कीलाई बीट गर्दै सुन्दर गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।दोस्रो गोल भएको दुई मिनेटमै, खेलको ९०औँ मिनेटमा सुजन गुरुङले तेस्रो गोल थपे । जितसँगै जावलाखेल युथ क्लब उच्च मनोबलका साथ सेमिफाइनलमा प्रवेश गरेको छ ।सोमबारको तेस्रो क्वार्टरफायनल खेल मनाङ मर्स्याङदी क्लब र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडका बीच हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
फेवा जलाधार ब्यबस्थापकीय कार्ययोजना कार्यान्वयन गर्ने निर्णय  
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
कास्की काँग्रेसको सभालाई गगन र विश्व प्रकाशले सम्बोधन गर्ने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड
तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
“संकटमोचनका लागि हामीलाई मत दिनुस्” – नेकपा उम्मेदवार
singel sidbar banner
singel sidbar banner 2