singel post top banner

सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ ५, २०८२
|
२
|
१५८ पटक हेरिएको
Shares
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

सारांश

  • ५ माघ, काभ्रपलाञ्चोक ।
  • सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।
  • गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए ।

५ माघ, काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।

गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।

आइतबार जिल्ला न्यायाशीश गेहेन्द्रराज पन्तको इजलासले हत्या आरोपी सुशीलाकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार चित्रखर अधिकारीले जानकारी दिए ।

अदालतको आदेशपछि आइतबार नै दुवै जनालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा रहेकाले प्रहरीले पक्राउ गरेको छैन । मुख्य योजनाकार भनिएका श्रीमान् सूर्यबहादुर बम्जन कोरियाबाट नेपाल आएका छैनन् । दुवै जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ ।

प्रहरीले प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

यस घटनापछि मृतक सुशीलाको न्यायका लागि पीडित परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।थिए ।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
७८ बर्षीय वामपन्थी नेता सोमनाथ अधिकारी प्यासी घरदैलो कार्यक्रममा
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
आन्दोलनकारी पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
तीन सयवर्ष पुरानो शताब्दी घरमा: लाखे नाच
तीन सयवर्ष पुरानो शताब्दी घरमा: लाखे नाच
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
singel sidbar banner
singel sidbar banner 2