singel post top banner

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र १९, २०८१
|
|
१५९ पटक हेरिएको
Shares
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण

सारांश

  • रत्ननगर ।
  • रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।
  • जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए ।

रत्ननगर । रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।

जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए ।

आगो दनदनी बलिरहेका बेला नगर प्रहरीसंगै उपमेयरले समेत पानी हालेर आगो निभाएका थिए ।

सोमबार दुई बजे लागेको आगो साँझ सात बने नियन्त्रणमा लिन सफल भयौं उपमेयर पाठकले भने समयमै पुग्न नसकेको भए आगोले जंगल सखाप पार्दो रहेछ ।

आगो निभाउन नगरपालिकाको मिनी दमकल प्रयोग गरिएको थियो ।

सानो जनशक्तिका कारण आगो निभाउन समय लाग्यो उनले भने त्यही पनि फैलिन नदिइ नियन्त्रणमा लिन सक्यौं ।

नगर प्रहरी इन्चार्ज दिउसो २ बजेबाट लागेको आगो नगर प्रहरीको सम्पूर्ण टिम परिचालन गरि राती सात बजे डढेलो नियन्त्रणमा लिइएको बताए ।

स्रोत साधनको अभावका बीच उपमेयर सहित नगरप्रहरीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएको उनको भनाई ।

जंगलमा लागेको डढेको कारण मंगलबार रत्ननगर र यस आसपासका क्षेत्रमा तुयालो लागेको छ ।

डढेलोले बाहिरी बाताबरण दुषित बनाएको उपमेयर पाठकले बताए ।

जंगलमा डढेलो लाग्दा वन्यजन्तुलाई मात्र असर गर्दैन उनले भने बाताबरण दुषित भएर मानब स्वास्थ्यमा समेत असर गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह
न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह
एमाले पोखरा १५ को निर्बाचन कार्यालय जेन्जी युबाहरूद्वारा उद्घाटन
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
“काँग्रेस भित्र अब कुनै गुट छैन”–सभापति शर्मा
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
न्यूरोड क्लबलाई ३५ प्लस भेट्रान्स फुटबलको उपाधि
तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड
तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
singel sidbar banner
singel sidbar banner 2