singel post top banner

कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कस्केली अधिकृत समाजमा संरक्षक तथा सल्लाहकार चयन

सारांश

  • पोखरा, कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवम् सल्लाहकार चयन गरेको छ ।
  • समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ ।
  • बैठकले समाजको सल्लाहकारहरूमा दुर्गाबहादुर शाह(बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो ।

पोखरा,

कस्केली अधिकृत समाजको कार्यसमिति बैठकले समाजका संरक्षक एवम् सल्लाहकार चयन गरेको छ ।
समाजको आठौं अधिवेशन पछिको पहिलो बैठकले समाजका संरक्षकद्वयमा शिवप्रसाद पराजुली र कृष्णकान्त सिग्देललाई चयन गरेको छ । बैठकले समाजको सल्लाहकारहरूमा दुर्गाबहादुर शाह(बाबा), देबेन्द्र केसी, प्रेमप्रकाश गौतम, भगवान पन्त, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने र लोकनाथ दवाडीलाई चयन गरेको समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो । त्यस्तै कार्यसमितिको सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भीम पौडेललाई चयन गरिएको छ ।
बैठकले नयाँ वर्ष २०८३ को क्यालेन्डर प्रकाशनका लागि सचिव महेश पौडेलको संयोजकत्वमा शीला बराल सापकोटा, अमृत कंडेल, अनिल सुवेदी र सन्ध्या पौडेल रहनुुभएको उपसमिति गठन गरेको छ । त्यस्तै समाजले वर्षेनी गर्दै आएको पर्यटन प्रवद्र्धनात्मक भ्रमण कार्यक्रमका लागि सह सचिव वासुदेव पौडेलको संयोजकत्वमा अनिलकुमार शाही, वसन्त चालिसे, मैया पराजुली र चन्द्रवती अधिकारी सदस्य रहनुुभएको उपसमिति गठन गरेको छ ।
बैठकमा समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एवम् अधिकृत आवाज अंक ११ को लोकर्पण कार्यक्रममा साथ र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुुभएको बैठकमा समाजका विगतका कार्यक्रमको समिक्षा सहित आगामी कार्य योेजना लगायतका विषयमा पदाधिकारी तथा सदस्यले आ आफ्ना धारणा राख्नुुभएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2