singel post top banner

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, माघ २८, २०८२
|
|
२९७ पटक हेरिएको
Shares
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम

सारांश

  • पोखरा,२८ माघ ।
  • कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ ।
  • नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।

पोखरा,२८ माघ ।
कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निवार्चनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन महासंघले तालिम आयोजना गरेकोमा धन्यवाद दिनुभयो ।
निवार्चन आचारसहिंत र निर्वाचन प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतिकरण राख्दै गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले पत्रकारले निर्वाचनका बेला आफ्नो पक्षधरता नदेखाई स्वतन्त्र रुपमा आम जनता माझ यथार्थ सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने बताउनु भयो ।
तालिममा समाधान दैनिकाका प्रधान संपादक पत्रकार भरत कोइरालाले पत्रकारले निवार्चन रिपोर्टिङका क्रममा बटुलेको अनुभव सनाउँदै आमसञ्चार माध्यमले पाठक,स्रोता र दर्शक प्रतिको विश्वास नगुमाउन निष्पक्ष एवम् तथ्यपरक समाचार प्रकाशन गर्नुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित र धाँधली रहित बनाउन पत्रकारिताको पनि भूमिका रहने भएकाले  निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले पत्रकारितले जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गर्न भएको थियो । विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार तालिममा सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिनुभयो । बिहीबारसम्म सञ्चालन हुने तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
“नीतिगत सुधार गर्न चुनावी मैदानमा”-भरतराज ढकाल, उम्मेद्वार स्याङ्जा क्षेत्र नं.–१
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
लक्ष्मी माविमा अक्षयकोष स्थापना
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम
२६ लाख ३२ हजारभन्दा बढी पर्यटकले भ्रमण गरे अन्नपूर्ण क्षेत्र
singel sidbar banner
singel sidbar banner 2