singel post top banner

नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
१७४ पटक हेरिएको
Shares
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल

सारांश

  • रत्ननगर ।
  • नेकपा एमाले रत्ननगर नगर कमिटिको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् ।
  • सो पाटीको १०औं नगर अधिबेशनबाट अर्याल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

रत्ननगर । नेकपा एमाले रत्ननगर नगर कमिटिको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । सो पाटीको १०औं नगर अधिबेशनबाट अर्याल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

अर्याल यस अघि पनि नगर कमिटीको अध्यक्ष थिए । ६५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिबमा वालकृष्ण भटराई(राजु), उपसचिब सविता चौधरी र लेखा समिति अध्यक्षमा अमित कुमार गुप्ता, उपाध्यक्षमा टीकाराम आचार्य र सचिवमा विमल दुवाडी चयन भएका छन् । नवनिर्वाचित कमिटीलाई मंगलबार एमाले जिल्ला पार्टी कार्यालयमा पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ ।

केन्द्रीय सदस्य तथा नगर अधिबेशन अध्यक्षमण्डलका अध्यक्ष प्रभा बरालले नगर अध्यक्ष सहित पदाधिकारी तथा सदस्य, लेखा समिति अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन ।

नेकपा एमाले पोलिटब्युरो सदस्य चितवन जिल्ला इन्चाज देवी ज्ञावली प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेगन्नाथ थपलिया, केन्द्रीय सदस्य यम बहादुर परियार, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, टिका पौडेल, मुकुन्द दवाडी, श्यामलाल विक, विमला दवाडी, जिल्ला अध्यक्ष कमलराज पाठक, श्याम कुमार विष्ट, उपसचिव मिन वहादुर परियार, सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रकाश आचार्य, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी लगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले नगर अधिबेसन अध्यक्षमण्डल सदस्य प्रकाश खनाल सैलेशले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
पोखरामा एम्नेष्टी ईन्टरनेसनलको साधारण सभा
पोखरामा एम्नेष्टी ईन्टरनेसनलको साधारण सभा
रास्वपाद्धारा कास्की–२ को वडा २० मा सम्प्रर्क कार्यलय स्थापना
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
१० औं पोखरा स्पोर्ट्स अवार्ड : प्रदीप र नारायणी वर्ष खेलाडी
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
दीपक खड्कालाई थुनामै राख्न आदेश
दीपक खड्कालाई थुनामै राख्न आदेश
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
singel sidbar banner
singel sidbar banner 2