ACAP व्यवस्थापन पदाधिकारीद्वारा सामूहिक राजीनामा
सारांश
- पोखरा ।
- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) अन्तर्गत माछापुच्छ्रे गाउँपालिका–२ मा रहेको संरक्षण क्षेत्र व्यवस्थापन समितिमा विभिन्न पदमा कार्यरत पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
- समितिका पदाधिकारीहरूले व्यक्तिगत तथा विविध कारणले समितिको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको भन्दै आफ्नो पदबाट सामूहिक राजीनामा दिएको जनाएका छन्।
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) अन्तर्गत माछापुच्छ्रे गाउँपालिका–२ मा रहेको संरक्षण क्षेत्र व्यवस्थापन समितिमा विभिन्न पदमा कार्यरत पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
समितिका पदाधिकारीहरूले व्यक्तिगत तथा विविध कारणले समितिको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको भन्दै आफ्नो पदबाट सामूहिक राजीनामा दिएको जनाएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालयलाई सम्बोधन गरी बुझाइएको राजीनामा पत्रमा समितिमा रहेर संरक्षण, व्यवस्थापन तथा स्थानीय समुदायको हितका लागि काम गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरिएको छ।
साथै राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाइदिन आयोजना तथा सम्बन्धित कार्यालयसमक्ष अनुरोध गरिएको छ।
माछापुच्छ्रे–२ सर्दिखोलामा ACAP को संरक्षण व्यवस्थापन तथा स्थानीय प्राकृतिक स्रोतको उपयोगसम्बन्धी विषयमा स्थानीयस्तरमा असन्तुष्टि बढिरहेको अवस्थामा व्यवस्थापन समितिका पदाधिकारीको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
राजीनामा पत्रमा विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरूको हस्ताक्षर रहेको छ।




प्रतिक्रिया