singel post top banner

रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
१८८ पटक हेरिएको
Shares
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

सारांश

  • रत्ननगर, फागुन २७ ।
  • रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिकहरुका लागि सेवासुविधा तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
  • नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ज्येष्ठ नागरिकलाई दिनुपर्ने सेवासुविधाका सन्दर्भमा नगरपालिकाले कुनै कन्जुस्याइँ नगरेको बताउँदै आफूले पाउनुपर्ने सेवासुविधा र अधिकार र कानुनका विषयमा सबै ज्येष्ठ नागरिकले चासो लिनुपर्ने बताए ।

रत्ननगर, फागुन २७ । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिकहरुका लागि सेवासुविधा तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ज्येष्ठ नागरिकलाई दिनुपर्ने सेवासुविधाका सन्दर्भमा नगरपालिकाले कुनै कन्जुस्याइँ नगरेको बताउँदै आफूले पाउनुपर्ने सेवासुविधा र अधिकार र कानुनका विषयमा सबै ज्येष्ठ नागरिकले चासो लिनुपर्ने बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिसँग समन्वय गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको र कानुनमा उल्लेख भएबमोजिम ज्येष्ठ नागरिकलाई सेवासुविधा प्रदान गरिरहेको बताइन् ।

अभिमुखीकरण कार्यक्रममा अधिवक्ता दिवाकर अर्यालले ऐन–२०६३, मुलुकी देवानी संहिता र नियमावली–२०६५ मा उल्लेख भएका कानुनका विषयमा ज्येष्ठ नागरिकहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा पहिलो चरणमा रत्ननगर–१, २, ३, ४, ९, १०, ११ र १२ वडाका दस–दस जना गरी ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं, आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, महिला विकास अधिकृत नानीमैया पौडेल, महिला विकास निरीक्षक रञ्जना पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
शेयर बजार ६४ अंकले बढ्यो
शेयर बजार ६४ अंकले बढ्यो
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा
रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म : पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा
युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म : पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
कास्की–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरण केसीको उम्मेदवारी
कास्की–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किरण केसीको उम्मेदवारी
singel sidbar banner
singel sidbar banner 2