singel post top banner

“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
१६१ पटक हेरिएको
Shares
“सोर्स–फोर्स लगाइदिन नभन्नु होला’- विजयी उम्मेदवार खडकराज पौडेल (गनेस)

सारांश

  • पोखरा, २४ कास्की १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका  विजयी उम्मेदवार खडकराज पौडेल (गनेस) ले सरुवा, बढुवा र जागिरका लागि फोन नगर्न भनेका छन् ।
  • निर्वाचित भएको भोलिपल्ट उनले व्यक्तिगत कामलाई लिएर आफूलाई फोन नगर्न भनेका छन् ।
  • ‘मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।

पोखरा, २४

कास्की १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका  विजयी उम्मेदवार खडकराज पौडेल (गनेस) ले सरुवा, बढुवा र जागिरका लागि फोन नगर्न भनेका छन् ।निर्वाचित भएको भोलिपल्ट उनले व्यक्तिगत कामलाई लिएर आफूलाई फोन नगर्न भनेका छन् । ‘मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला । म गर्दिनँ,’ उनले भने । उनले कसैलाई स्कुल वा क्याम्पसमा छात्रवृत्तिका लागि भर्ना गराइदिन पनि फोन नगर्न भनेका छन् ।

अबका ५ वर्ष (तपाईँले र) मैले नगर्ने काम :

१. मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।

म गर्दिनँ ।

२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला ।

म गर्दिनँ ।

३. ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट बच्न सोर्स–फोर्स लगाइदिन नभन्नु होला ।

म गर्दिनँ ।

४. लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता कुनै पनि केसमा भनसुन वा त्यस्तै, कुनै पनि प्रकारको जरिवाना वा कानुनी कारबाहीबाट बचाइदिन पनि नभन्नु होला ।

मान्दिनँ ।

५. महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिंसा वा ज्यादतीको केस थामथुम पार्न सहयोग नमाग्नु होला ।

म उल्टै खनिन्छु ।

६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी केस मिलाइदिन नभन्नु होला ।

म गर्दिनँ ।

७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला ।

यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।

८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्रलोभनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।

त्यसले झन् उल्टो असर गर्छ ।

९. सरकारी सेवा छिटो गराइदिन दबाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला । म गर्दिनँ ।

१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला । म गर्दिनँ ।

११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला । विकासको वितरण समानुपातिक र योजनाबद्ध हुनुपर्छ।

१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, दबाब दिन वा बदला लिन सहयोग नमाग्नु होला ।

म त्यस्तो राजनीतिमा छैन ।

१३. “मैले तपाईंलाई भोट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा नबोलाउनु होला ।

म भ्याउँदिनँ । अन्य दुःख वा मरण परेको बेला भने भ्याएसम्म आफैँ आउँछु, बोलाउन पर्दैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
लिटिल स्टेपमा फुटबल तथा टेनिस प्रतियोगिता सुरु
लिटिल स्टेपमा फुटबल तथा टेनिस प्रतियोगिता सुरु
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज २०८२ साल वैशाख ९ गते मंगलबारको राशिफल
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
रत्ननगर उवा संघमा हानको नवनिर्वाचित समितिलाई बधाई तथा स्वागत
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
singel sidbar banner
singel sidbar banner 2