singel post top banner

नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, बैशाख १, २०८३
|
|
११५ पटक हेरिएको
Shares
नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन

सारांश

  • पोखरा ।
  • चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ ।
  • प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।

पोखरा ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।
कार्यक्रममा बोल्दै चलचित्र निर्देशक, निर्माता एवम् कलाकार माओत्से गुरुङले चलचित्र पत्रकार संघ नेपाल कास्कीले गरेका कामहरुको प्रशंसा गरे । उनले संघले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्षेनी गर्दै आएको सिनेमा संवाद कार्यक्रमको चर्चा व्यापक रहेको समेत उल्लेख गरे । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ ।  २०८३ भदौ २६ गते चलचित्र पेन्सन पट्टा रिलिज गर्ने मिति तय भएको र चलचित्र पत्रकार संघ कास्कीबाट प्रचारप्रसारमा अपेक्षा रहेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले नयाँ वर्षको शुभकामना दिँदै चलचित्र पत्रकार संघ कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताए । नयाँ कार्यसमितिको सक्रियताको प्रशंसा गर्दै उनले संघले संस्थागत विकाससँगै चलचित्र पत्रकारितालाई समेत बढ्वा दिने खालको कार्यक्रम गर्न सुझाएका छन् ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष माधव बरालले आफु पनि चपस कास्कीको संस्थापक सदस्य रहेको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधि बढ्दै गएको उल्लेख गरे । पोखरा ओपन स्टुडियो भएको र यहाँको पर्यटन प्रवद्र्धनमा सिनेमा सँग सम्बन्धित गतिविधिले टेवा पुगेको उनले बताए । उनले चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि नीतिगत पहलकदमी हुनुपर्ने र पत्रकारले त्यसतर्फ कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले संघले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै भित्तेपात्रो विमोचन गरिएको जानकारी गराए । यसअघिका कार्यसमितिले गरेका कामहरुको निरन्तरता सँगै थप नयाँ कार्यक्रम समेत संघले गर्दै जाने भनाई उनको छ । कास्की लगायत खासगरि समग्र गण्डकी प्रदेश नै चलचित्र छायाँकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यसको प्रचारप्रसारमा समेत कलम चलाउन पत्रकारलाई उनको आग्रह छ । समय अनुसार प्रविधिको प्रयोग गर्दै चलचित्र पत्रकारितालाई समेत प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा पत्रकार, कलाकार, रंगकर्मी, गीतकार, कवि लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य चलचित्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष गौरव त्रिपाठीले राखेका थिए भने संचालन सचिव सुरेश सुनारले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

सौराहबाट जाउँ है पोखरा अभियान सुरु
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
आज विश्व क्षयरोग दिवस
आज विश्व क्षयरोग दिवस
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
पोखरा ट्रेड मलको अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
singel sidbar banner
singel sidbar banner 2