singel post top banner

शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, चैत्र ५, २०८२
|
|
२१२ पटक हेरिएको
Shares
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह

सारांश

  • काठमाडौँ– मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा: हिमपातको सम्भावना रहेको जनाएको छ ।
  •  आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ।
  • शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको छ।

काठमाडौँ– मौसम पूर्वानुमान शाखाले शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा भारी वर्षा: हिमपातको सम्भावना रहेको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले चट्यांङ, असिनासहित वर्षा र हावाहुरीको सम्भावना रहेको छ।शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लाहरूमा र शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी (झण्डै ३३ मिटर/सेकेण्ड वा करिब ११९ किमि/घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने महाशाखाले जनाएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी, बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/ चट्यांङ/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ।शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/ चट्यांङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ।शनिबार पनि कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/ चट्यांङ/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण
कास्की प्रशासनलाई श्रम सस्कृती पार्टीको ध्यानाकर्षण
चोरी तथा डाँका सम्बन्धी कसूरमा दुई जना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसूरमा दुई जना पक्राउ
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
कालिकामा वन डढेलोजन्य विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
सौराहबाट जाउँ है पोखरा अभियान सुरु
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2