singel post top banner

नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र ३, २०८२
|
|
३१८ पटक हेरिएको
Shares
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा

सारांश

  • काठमाडौँ, चैत ३ गते  ।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
  • सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

काठमाडौँ, चैत ३ गते  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपियाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। शाहले नगर प्रमुखको बैँक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

नगर प्रमुख वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। साथै, उनी नगर प्रमुखको ओहोदामा रहेकाले ऐनको दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।

यसैगरी, घुस दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह उपर पनि भ्रष्टाचार निवारण ऐन अनुसार बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।

(गोरखापत्र अनलाईनबाट )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
हाइकर्स क्लबको ७० औं श्रृङ्खला सम्पन्न
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
विन्ध्येश्वरी आदर्शको ४१ औं वार्षिकोत्सव
विन्ध्येश्वरी आदर्शको ४१ औं वार्षिकोत्सव
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
कास्की १ का उम्मेदवार राजकाजी गुरुङले सहिदको शालिकमा माल्यार्पण गरेर शुरु गरे भेटघाट
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
यामाहा ब्लु फेस्टको अवधि थपियो!
यामाहा ब्लु फेस्टको अवधि थपियो!
singel sidbar banner
singel sidbar banner 2