singel post top banner

‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’ – अर्जुनप्रसाद खनाल

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, फाल्गुन १५, २०८२
|
|
३५३ पटक हेरिएको
Shares
‘उम्मेदवारका लागि होइन !धर्म,संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा मत’  – अर्जुनप्रसाद खनाल

सारांश

  • कास्की–३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अर्जुनप्रसाद खनालले हिन्दू राष्ट्रको पक्षमा धारणा सार्वजनिक गरेका छन्।
  • उनले हिन्दू समुदायको मत प्रयोग गरेर सत्तामा पुगेकाहरूले नै हिन्दू राष्ट्रको अवधारणा समाप्त पार्ने निर्णय गरेको आरोप लगाएका हुन्।
  • खनालले भने, “हिन्दूहरूको हातले हालिएको भोट सदनमा लगेर दुरुपयोग गरियो।

कास्की–३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अर्जुनप्रसाद खनालले हिन्दू राष्ट्रको पक्षमा धारणा सार्वजनिक गरेका छन्। उनले हिन्दू समुदायको मत प्रयोग गरेर सत्तामा पुगेकाहरूले नै हिन्दू राष्ट्रको अवधारणा समाप्त पार्ने निर्णय गरेको आरोप लगाएका हुन्।

खनालले भने, “हिन्दूहरूको हातले हालिएको भोट सदनमा लगेर दुरुपयोग गरियो। हिन्दू राष्ट्र बेचियो र हिन्दू समुदायको आत्मसम्मानमा चोट पुग्ने काम भयो।” उनका अनुसार जनताबाट प्राप्त विश्वासलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै देशको पहिचान परिवर्तन गर्ने प्रयास गरिएको छ, जुन नेपाली जनतामाथिको अन्याय भएको दाबी उनले गरे। उनले विशेषगरी २०६२–६३ जनआन्दोलन को प्रसंग उल्लेख गर्दै त्यस आन्दोलनको मूल एजेन्डामा संघीयता र धर्मनिरपेक्षता नरहेको जिकिर गरे। “न संघीयता थियो, न धर्मनिरपेक्षता। ती विषयहरू पछि रातारात  ‘सेटिङ’का आधारमा ल्याइयो र जनताको चाहनाविपरीत संविधानमा समावेश गरियो,” उनले आरोप लगाए।

खनालका अनुसार सीमित राजनीतिक स्वार्थ पूरा गर्न राष्ट्रिय मुद्दाहरूलाई तोडमोड गरिएको छ र बहुसंख्यक नेपालीको धार्मिक तथा सांस्कृतिक भावनालाई बेवास्ता गरिएको छ। उनले अब विगतका निर्णयहरूको समीक्षा गर्दै  धर्म बेच्ने, राष्ट्र बेच्ने र जनताको विश्वास तोड्ने प्रवृत्तिलाई पराजित गर्नुपर्ने बताए। नेपाल हजारौं वर्षदेखि सनातन परम्परा र संस्कृतिको धरोहर रहेको उल्लेख गर्दै उनले यसलाई राजनीतिक स्वार्थका लागि कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे। उनले मतदातालाई सचेत र संगठित हुन आग्रह गर्दै आगामी निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धा नभई राष्ट्रको पहिचान र आस्थाको संरक्षणसँग जोडिएको अभियानका रूपमा लिन अपिल गरे। खनालले भने, “अबको मत केवल उम्मेदवारका लागि होइन, आफ्नो धर्म, संस्कृति र राष्ट्रिय स्वाभिमानको पक्षमा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
च्याम्पियन्स ट्रफी फाइनल : भारत र न्युजिल्यान्डको भिडन्त आज
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप,६८ सेल अश्रु ग्यास प्रहार
बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन
बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
एक दर्जन युवाहरु काँग्रेस प्रबेश
एक दर्जन युवाहरु काँग्रेस प्रबेश
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
singel sidbar banner
singel sidbar banner 2