singel post top banner

प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने पक्राउ

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, चैत्र ३, २०८२
|
|
२४१ पटक हेरिएको
Shares
प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने पक्राउ

सारांश

  • पोखरा महानगरको ८ जाल्पारोडमा रहेको एक खाजाघरबाट कास्की प्रहरीले चार महिलालाई उद्धार गरिएको छ ।
  • महिलाहरुलाई राम्रो तलब र खान बस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीको दाबी छ।
  •  प्रहरीले ती महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरको ८ जाल्पारोडमा रहेको एक खाजाघरबाट कास्की प्रहरीले चार महिलालाई उद्धार गरिएको छ । महिलाहरुलाई राम्रो तलब र खान बस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीको दाबी छ। प्रहरीले ती महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका वडा १४, चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा–१, बगर बस्ने २८ वर्षीय खेमु थापा रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक बस्नेतलेसुरुमा होटलको काममा लगाउने र केही समयपछि होटलमा आउने पुरुषबाट रकम लिएर उनीहरुलाई अनैतिक काम गर्न बाध्य गर्ने गरेको पाइएको बताउनुभयो । “विभिन्न खाजाघरमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो,” उहाँले भन्नुभयो ।आइतबार पक्राउ परेका शाह र थापालाई कास्की जिल्ला अदालतबाट मङ्गलबार मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा नि:शुल्क लाइभ देखाइने
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
“जनताको सुझाव र प्राथमिकता नै मेरो योजना” – रानाभाट
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
२०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी रोमारियो सेफर्डले
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
पोखरामा यू–२० तथा पोखरा ओपन राष्ट्रिय एथलेटिक्स शुरू
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
जनप्रिय माविमा विद्यार्थी बिदाई
जनप्रिय माविमा विद्यार्थी बिदाई
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?