singel post top banner

टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

पोखरा हटलाइन पोखरा हटलाइन
|
बिहिबार, माघ १५, २०८२
|
|
३०४ पटक हेरिएको
Shares
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित

सारांश

  • पोखरा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
  • पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो ।
  • पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो ।

पोखरा
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो । निकै प्रतिष्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो ।
जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ । समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ । ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ ।
यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि एपीएफ र थाइल्याण्ड क्विन्स भिड्नेछन् । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फ पुलिस र माल्दिभ्स खेल्नेछन् । पुरुषतर्फको दोस्रो तथा अन्तिम खेल आर्मी र एपीएफबिच हुने तालिका छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
AHF Nepal को सचेतनामूलक कार्यक्रम
AHF Nepal को सचेतनामूलक कार्यक्रम
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
कास्की २ का एमाले उमेदवार रश्मि आचार्य मतदाता भेटमा
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
singel sidbar banner
singel sidbar banner 2