singel post top banner

साइबर सुरक्षा सम्बन्धीे तालिम सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३९२ पटक हेरिएको
Shares
साइबर सुरक्षा सम्बन्धीे तालिम सम्पन्न

सारांश

  • पोखरा,१२ फागुन ।
  • नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
  • प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो ।
पोखरा,१२ फागुन ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताउनु भयो । उहाँले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल तालिमले पत्रकार स्वयम्लाई डिजिटल प्रविधि मार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट बच्न टेवा पुग्ने बताउनुभयो ।।
सहभागीको तर्फबाट अनुभव सुनाउदै पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमले साइबर सुरक्षा अपनाउनका लागि तालिम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा प्रयोगात्मक तबरले तालिम सञ्चालन गर्न उहाँहरुले सुझाव समेत दिनु भयो ।
साइबर सुरक्षा सम्बन्धी सहजिकरण गर्दै साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले विभिन्न साइबरजन्य हमलाका उदाहरण दिदै इन्टरनेमका माध्यमबाट हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण, अनाधिकृत पहँुच जस्ता जोखिमबाट बच्ने प्रक्रिया र उपायबारे जानकारी दिनुभयो ।
तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजिकरण गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उप प्राध्यापक ई.सन्तोष पन्थ, बैकिंङ सम्बन्धी डिजिटल सुरक्षाका बारेमा नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शीवा थापाले सहजिकरण गर्नु भएको थियो ।
तालिममा विभिन्न सञ्चारमाध्यममा आवद्घ ७५ जना पत्रकार एवं सञ्चारकर्मीको सहभागिता रहेको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन सहसचिब मधु अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म : पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा
युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म : पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
आम जनता पार्टीको घोषणापत्र सार्वजनिक,व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
पोखरामा वाडा अटो शो हुने
पोखरामा वाडा अटो शो हुने
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
singel sidbar banner
singel sidbar banner 2