निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा तीव्र रूपमा बन्दै गएको बताउनुभएको छ ।
- बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षी राजनीतिक दलहरू, बुद्धिजीवी र सञ्चारकर्मीहरूले समेत अहिले नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको स्वीकार गर्न थालेको बताउनुभयो ।
- “यो मेरो मात्र भनाइ होइन,” प्रचण्डले भन्नुभयो, “हाम्रा विपक्षी दलका नेता, बुद्धिजीवी र पत्रकारहरूले पनि आजभोलि नेपाली कम्युनिस्ट पार्टी सोचेभन्दा मजबुत अवस्थामा पुगेको छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न थालेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा तीव्र रूपमा बन्दै गएको बताउनुभएको छ ।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विपक्षी राजनीतिक दलहरू, बुद्धिजीवी र सञ्चारकर्मीहरूले समेत अहिले नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको स्वीकार गर्न थालेको बताउनुभयो ।
“यो मेरो मात्र भनाइ होइन,” प्रचण्डले भन्नुभयो, “हाम्रा विपक्षी दलका नेता, बुद्धिजीवी र पत्रकारहरूले पनि आजभोलि नेपाली कम्युनिस्ट पार्टी सोचेभन्दा मजबुत अवस्थामा पुगेको छ भन्ने कुरा सार्वजनिक रूपमा भन्न थालेका छन् । पहिला हामीलाई हेपेर नेकपाले केही ल्याउन सक्दैन भन्नेहरू पनि अहिले नेकपा प्रतिस्पर्धामा गइसकेको छ भन्न थालेका छन् ।”
उहाँले पछिल्लो समय राजनीतिक वृत्तमा चार प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने चर्चा व्यापक रूपमा चलेको उल्लेख गर्दै त्यस प्रतिस्पर्धामा नेकपा अग्रपंक्तिमा उभिन थालेको बताउनुभयो ।
संयोजक प्रचण्डले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले उल्लेख्य नतिजा हासिल गर्ने आधारहरू स्पष्ट देखिन थालेको बताउँदै पार्टीका नेता–कार्यकर्तालाई अझ सशक्त, अनुशासित र योजनाबद्ध रूपमा प्रचार अभियानमा जुट्न निर्देशन दिनुभयो ।
नयाँ भनिएका केही राजनीतिक दलहरूले सीमित नयाँ क्षेत्रहरूमा मात्र निर्वाचनको प्रभाव देखाए पनि परम्परागत राजनीतिक आधार भएका क्षेत्रमा त्यो प्रभाव कायम गर्न नसकेको उहाँको भनाइ थियो ।
“अब आउने १०–१५ दिनपछि नेपाली कम्युनिस्ट पार्टी नै अग्रस्थानमा पुगिसक्यो भन्ने वातावरण देशभर बन्नेछ,” प्रचण्डले भन्नुभयो, “हामी सबैले एकताबद्ध भएर इमान्दारीपूर्वक मेहनत गर्यौँ भने त्यो अवस्था अवश्य सम्भव छ । अहिले नै त्यो माहोल बन्दैछ ।”
उहाँले जनताका वास्तविक मुद्दा, परिवर्तनका एजेन्डा र राष्ट्रिय स्वाधीनताको सवालमा नेकपा नै भरोसायोग्य शक्ति भएको दाबी गर्दै जनताको समर्थन दिनदिनै विस्तार हुँदै गएको बताउनुभयो ।




प्रतिक्रिया