singel post top banner

अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने जेसीबी र टिपर नियन्त्रणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, आश्विन ५, २०८३
|
|
३२ पटक हेरिएको
Shares
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने जेसीबी र टिपर नियन्त्रणमा

सारांश

  • पोखरा ।
  • पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक तथा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक वटा जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ ५ गते बिहान करिब ८ः३० बजे अवैध रूपमा प्राकृतिक दोहन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गरेको थियो।

पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक तथा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक वटा जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ ५ गते बिहान करिब ८ः३० बजे अवैध रूपमा प्राकृतिक दोहन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बा.१ क १३२५ नम्बरको जेसीबी, ग.१ ख ७६६ नम्बरको टिपर र बा.२ क २५७९ नम्बरको टिपर ले अवैध रूपमा माटो उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ। महानगरपालिकाबाट जेसीबीलाई रु. ३० हजार र प्रत्येक टिपरलाई रु. १५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यसअनुसार तीनवटै सवारीसाधनबाट गरी कुल रु. ६० हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
जोखिमका कारण अझै फर्किन सकेका छैनन् प्रभावित
बालेन शाहको उदय र नेपालको भविष्य
बालेन शाहको उदय र नेपालको भविष्य
आकस्मिक मन्त्रिपरिषद् बैठक
आकस्मिक मन्त्रिपरिषद् बैठक
एमाले उम्मेदवार रश्मि आचार्य निर्बाचन क्षेत्र जन्मथलो पोखरा ३३ मा
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
singel sidbar banner
singel sidbar banner 2