singel post top banner

अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने जेसीबी र टिपर नियन्त्रणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, आश्विन ५, २०८३
|
|
२३ पटक हेरिएको
Shares
अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने जेसीबी र टिपर नियन्त्रणमा

सारांश

  • पोखरा ।
  • पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक तथा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक वटा जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ ५ गते बिहान करिब ८ः३० बजे अवैध रूपमा प्राकृतिक दोहन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गरेको थियो।

पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक तथा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक वटा जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ ५ गते बिहान करिब ८ः३० बजे अवैध रूपमा प्राकृतिक दोहन भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बा.१ क १३२५ नम्बरको जेसीबी, ग.१ ख ७६६ नम्बरको टिपर र बा.२ क २५७९ नम्बरको टिपर ले अवैध रूपमा माटो उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ। महानगरपालिकाबाट जेसीबीलाई रु. ३० हजार र प्रत्येक टिपरलाई रु. १५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यसअनुसार तीनवटै सवारीसाधनबाट गरी कुल रु. ६० हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2