singel post top banner

कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, बैशाख ३, २०८२
|
|
१७३ पटक हेरिएको
Shares
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु

सारांश

  • रत्ननगर, बैशाख ३ ।
  • पूर्वी चितवनको कालिका नगरपालिकामा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
  • लोकसेवा सारथी प्रा लि, खैरहनीको सहजीकरणमा कालिका नगरपालिकाले आयोजना गरेको उक्त कक्षाको कार्यबहाक मेयर विमला तामाङले उद्घाटन गरेकी छन् ।

रत्ननगर, बैशाख ३ । पूर्वी चितवनको कालिका नगरपालिकामा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

लोकसेवा सारथी प्रा लि, खैरहनीको सहजीकरणमा कालिका नगरपालिकाले आयोजना गरेको उक्त कक्षाको कार्यबहाक मेयर विमला तामाङले उद्घाटन गरेकी छन् ।

७० दिने तयारी कक्षामा नगर भित्रका ३० जना सहभागी छन् । सो अबसरका कार्यक्रमकी प्रमुख अतिथि कार्यबहाक मेयर तामाङले नगर भित्रका युवाहरुलाई सरकारी सेवामा रोजगारीको अबसर र्सिजना गर्न तयारी कक्षा सुरु गरिएको बताइन् ।

निःशुल्क गर्दा बीचमै पढाई छोड्ने विगतको नियतलाई अन्त्य गर्न सहभागीहरुबाट २० प्रतिशत रकम लिएर तयारी कक्षा सुरु गरिएको उनको भनाई छ । प्रमुख प्रशाकीय अधिकृत देबराज चौलागाईले नगर भित्र शैक्षिक वेरोजगार समस्या अन्त्य गर्न लोकसेवा तयारी कक्षा सुरु गरिएको बताए ।

लोकसेवामा भनसुन चल्दैन उनले भने आफ्नो क्षमताले सरकारी सेवामा अबसर प्राप्त हुने हो । लोक सेवा सारथि प्रा।लि।का सञ्चालक महेश घिमिरेले लोकसेवा तयारी कक्षाले शैक्षिक बेरोजगार अन्त्य गर्ने भन्दै वागमती प्रदेशमा माग गरिएको पाँचौ तहको पदलाई केन्द्रीत गरी तयारी कक्षा सञ्चालन गरिने बताए ।

सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेलले मन्तव्य राखेका थिए । महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा अधिकृत ऋषिप्रसाद कडुवालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
राष्ट्रिय लिग स्थगित!विना श्रम स्वीकृति विदेशी खेलाडी
चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
इस्लामावादको आत्मघाती हमलामा ३१ जनाको मृत्यु
व्यवसायबाट राजनीतितर्फ सौगात थापा
व्यवसायबाट राजनीतितर्फ सौगात थापा
singel sidbar banner
singel sidbar banner 2