singel post top banner

स्वास्थ्य शिविर सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, आषाढ ८, २०८३
|
|
२ पटक हेरिएको
Shares
स्वास्थ्य शिविर सम्पन्न

सारांश

  • पोखरा महानगरपालिका वडा नं.
  • २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
  • वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।अस्पतालका डाक्टर सुजन गौतम,डा.दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । वडाका बिभिन्न क्षेत्रबाट स्थानीयहरु शिविरमा सहभागि हुन आएका थिए । शिविरको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए ।

उनले स्थानीय स्तरमा प्रदान गरिने स्वास्थ्य सेवाले नागरिकको अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे । वडा सदस्य गञ्जमान गुरुङले स्थानीय सरकार नागरिकका हरेक समस्यामा सँगै रहेको बताउँदै, आफुहरु निर्वाचित भएर आएपछि बिभिन्न सेवालाई नागरिकका घर घरमा पुर्याउने गरेको बताए । शिविरको व्यवस्थापन गरेका वडा सचिव रामप्रसाद तिवारी,भलाम स्वास्थ्य चौकीका प्रमुख विलासचन्द्र पौडेललगायतले जन स्वास्थ्यका विषयमा जानकारी गराएका थिए । सो शिविरमा प्राविधिक सहयोग गरेको मणिपाल शिक्षण अस्पतालले त्यस वडाका सेवाग्राहीलाई बहिरंग सेवामा ५०, विशेष परिक्षणमा २५ र १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

गण्डकी कलेजमा रक्तदान, ४३ युनिट संकलन

पोखराको लामाचौरमा आयोजित रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ ।

गण्डकी कलेज अफ ईन्जिनियरिङ्ग एण्ड साईन्सले आयोजना गरेको कार्यक्रमबाट ४३ युनिट संकलन भएको कार्यक्रम संयोजक रोजी आचार्यले जानकारी दिईन् । कार्यक्रमको कलेजका प्राचार्य विश्वयुधिर पौडेलले पहिलो रक्तदाता कलेजका स्नातक तह संयोजक ई. रञ्जन अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । ११ औ जिसिईएस आई टि एक्स्पोको पुर्व  सन्ध्यामा कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै प्राचार्य पौडेलले विज्ञान र प्रविधिले समेत रक्तदानलाई उत्कृष्ट कार्यका रुपमा परिभाषित गरेको बताए । उनले संस्थाले मानविय सेवाका क्षेत्रमा रक्तदान जस्तो महत्वपुर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रम संयोजक रोजी आचार्य, कलेजका सह प्राचार्य अशोक पराजुली, जिसिईएस आई टि क्लवका सचिव सुजनिता रिजाल, प्रादेशिक रक्त संचार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसी लगायतले पोखरामा रगतको अभाव रहेको बताउँदै, यस्ता कार्यक्रमलाई नियमित गर्न आग्रह गरे । कलेज र आइटी क्लवले नियमित रुपमा गर्दै आईरहेको आई टी एक्स्पोको ११ औं संस्करण यही असार ११ र १२ गते हुँदैंछ । कलेज परिसरमा हुने कार्यक्रममा विज्ञान र प्रविधिसँग सम्वन्धित बिभिन्न स्टल राखिने कलेजका ईञ्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।

गतबर्ष आयोजित एक्स्पोमा पोखरा बाहिरका विद्यार्थी पनि सहभागी भई अवलोकन गरेको बताईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2