singel post top banner

उत्कर्षमा इरान–अमेरिका तनाव

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ ५, २०८२
|
|
२२७ पटक हेरिएको
Shares
उत्कर्षमा इरान–अमेरिका तनाव

सारांश

  • ५ माघ , काठमाडौं ।
  • इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछि भएको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।
  • इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य धम्कीले स्थिति भयावह बनेको हो।

५ माघ , काठमाडौं । इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछि भएको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य धम्कीले स्थिति भयावह बनेको हो।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सरकारलाई चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या जारी रह्यो भने अमेरिकाले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा ‘मद्दत आउँदैछ’ भन्दै इरानी जनतालाई संस्थापन पक्षविरुद्ध लाग्न उक्साएका थिए ।

तर, पछिल्लो दुई दिनमा इरानले सामूहिक मृत्युदण्ड रोक्ने संकेत दिएपछि ट्रम्पले आफ्नो आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गरेको बुझिएको छ।

इरानका सर्वोच्च नेता खामेनीले ट्रम्पलाई अपराधी भन्दै प्रदर्शनको पछाडि अमेरिका र इजरायलको हात रहेको दाबी गरेका छन् ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सर्वोच्च नेताको सुरक्षामा आँच आउने कुनै पनि कदम चालिएमा इरानले त्यसको कडा सैन्य प्रतिवाद गर्नेछ, जसले क्षेत्रीय युद्धको रूप लिन सक्ने चेतावनी दिएका छन् ।

गत ८ जनवरीदेखि इरानमा लगाइएको इन्टरनेट प्रतिबन्धका कारण आन्दोलनमा भएको वास्तविक क्षतिको विवरण पाउन कठिन भएको छ। अधिकारवादी संस्थाहरूले ३,४०० भन्दा बढीको ज्यान गएको पुष्टि गरे पनि केही स्रोतहरूले यो संख्या २० हजार पुग्न सक्ने बताएका छन्।

तेहरानका अस्पतालहरू घाइते प्रदर्शनकारीहरूले भरिएका छन् भने हजारौँलाई हिरासतमा लिइएको छ।

अमेरिकाले इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ, जसले इरानको अर्थव्यवस्थालाई अझ जर्जर बनाएको छ। संयुक्त राष्ट्रसंघले इरानमा भइरहेको हिंसाप्रति स्तब्ध भएको जनाउँदै तत्काल दमन रोक्न आग्रह गरेको छ।

पछिल्लो प्रतिवेदनहरूका अनुसार, इरानमा प्रदर्शनकारीहरूको मृत्यु हुने संख्या ३,३०० देखि २०,००० सम्म पुगेको अनुमान गरिएको छ। द सन्डे टाइम्सका अनुसार मृत्यु हुनेको संख्या १६ हजार ५०० र घाइते हुनेको संख्या ३ लाख ३० हजारसम्म पुगेको हुन सक्छ।

इरानका सर्वोच्च नेता खामेनीले जनवरी १७ मा पहिलोपटक ‘हजारौँ’ मानिस मारिएको स्वीकार गरेका छन्। तर, उनले यसको दोष प्रदर्शनकारी र विदेशी शक्तिलाई लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पो उ वा संघको माग
अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पो उ वा संघको माग
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार
नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा 
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाऊ आदेश
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
singel sidbar banner
singel sidbar banner 2