singel post top banner

यामाहा ब्लु फेस्टको अवधि थपियो!

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, आषाढ १०, २०८३
|
|
५ पटक हेरिएको
Shares
यामाहा ब्लु फेस्टको अवधि थपियो!

सारांश

  • पोखरामा यामाहा ब्लु फेस्टको अवधि थपियो, ग्राहकका लागि आकर्षक अफर र आईफोन १७ प्रो म्याक्स जित्ने अवसर यामाहा मोटरसाइकल तथा स्कुटरहरूको मुख्य आपूर्तिकर्ता एम.
  • ए.
  • डब्लु राइड्स प्रालि तथा पोखराका आधिकारिक विक्रेता जी.

पोखरामा यामाहा ब्लु फेस्टको अवधि थपियो, ग्राहकका लागि आकर्षक अफर र आईफोन १७ प्रो म्याक्स जित्ने अवसर
यामाहा मोटरसाइकल तथा स्कुटरहरूको मुख्य आपूर्तिकर्ता एम.ए.डब्लु राइड्स प्रालि तथा पोखराका आधिकारिक विक्रेता जी.आर.डब्लु इन्टरप्राइजेज प्रालिले सञ्चालन गरिरहेको नेपालकै ठूलो एक्सचेन्ज इभेन्ट ‘यामाहा ब्लु फेस्ट’ को अवधि ग्राहकहरूको अत्यधिक मागका कारण थप गरिएको छ। असार ३ गतेदेखि पोखरा रंगशाला गेट नं. २ को खेल मैदानमा सुरु भएको उक्त कार्यक्रम अब असार १३ गतेसम्म सञ्चालन हुने भएको छ।
कार्यक्रममा ग्राहकहरूले सर्वाधिक माइलेज दिने ७१.३३ किलोमिटर प्रतिलिटर क्षमताको रे-जेडआर स्कुटरदेखि १५५ सिसीका शक्तिशाली तथा उच्च प्रदर्शनयुक्त मोटरसाइकलका विभिन्न मोडल खरिद गर्न सक्नेछन्। यामाहाले दैनिक प्रयोगदेखि एड्भेन्चर र स्पोर्ट्स राइडका लागि उपयुक्त विभिन्न मोडलहरू उपलब्ध गराएको जनाएको छ। ब्लु फेस्टमा सहभागी ग्राहकहरूले आकर्षक नगद छुट, हाई भ्यालु एडिसन, निःशुल्क एसेसरिज प्याकेज, दुई वर्षसम्मको सवारी कर निःशुल्क तथा पाँच वर्षसम्म निःशुल्क सर्भिस सुविधा प्राप्त गर्नेछन्। साथै स्पट एक्सचेन्ज, सरल तथा सहुलियतपूर्ण ब्याजदरमा फाइनान्स र “यामाहा लैजाऔँ, घरमा नागरिकताको भरमा” जस्ता विशेष योजनाहरू पनि उपलब्ध गराइएको छ।
हरेक दिन डोर प्राइज, निःशुल्क टेस्ट राइड तथा स्लो राइड प्रतियोगिताको व्यवस्था गरिएको छ भने सहभागीहरूका लागि आकर्षक उपहारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। जुनसुकै कम्पनी तथा ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ।यामाहा ब्रान्डका सवारीसाधन साटफेर गर्दा सवारी कर क्लियर भएको अवस्थामा न्यूनतम ५० हजार रुपैयाँ मूल्यांकन गरिनेछ भने अन्य ब्रान्डका सवारीसाधनको न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी, बम्पर अफरअन्तर्गत एक जना भाग्यशाली ग्राहकले एप्पलको आईफोन १७ प्रो म्याक्स जित्ने अवसर पाउनेछन्। आयोजकका अनुसार ब्लु फेस्टले ग्राहकलाई नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर खरिदमा सहज, आकर्षक र लाभदायी अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
राप्तीको चौघरा र किरणटारमा स्वास्थ्य शिविर : ९३० जनाको उपचार
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
दमौलीमा सहकारी रजिष्ट्रारको अन्तर्क्रिया
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
लागुपदार्थ सेवनकर्ताबाट हतियार प्रहार,दुई प्रहरीसहित तीन घाइते
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
singel sidbar banner
singel sidbar banner 2