AHF Nepal को सचेतनामूलक कार्यक्रम
सारांश
- AHF Nepal को आयोजनामा श्री जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालय स्वास्थ्य सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
- कार्यक्रममा एचआईभी/एड्स सम्बन्धी सचेतना, स्वास्थ्य शिक्षा तथा सुरक्षित जीवनशैलीबारे जानकारी प्रदान गरिएको थियो।
- कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई एचआईभी कसरी सर्छ र कसरी सर्दैन भन्ने विषयमा स्पष्ट जानकारी दिइएको थियो।
AHF Nepal को आयोजनामा श्री जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालय स्वास्थ्य सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा एचआईभी/एड्स सम्बन्धी सचेतना, स्वास्थ्य शिक्षा तथा सुरक्षित जीवनशैलीबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई एचआईभी कसरी सर्छ र कसरी सर्दैन भन्ने विषयमा स्पष्ट जानकारी दिइएको थियो। साथै एचआईभी/एड्सबाट बच्ने उपाय, व्यक्तिगत सरसफाइ, किशोर–किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य तथा भेदभावरहित व्यवहारका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो।
प्रशिक्षक Dr गंगा ढकालले विद्यार्थीहरूलाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्दै स्वास्थ्यसम्बन्धी सही जानकारीले समाजमा रहेका गलत धारणा हटाउन मद्दत गर्ने बताएका थिए। कार्यक्रममा प्रश्नोत्तर, समूह छलफल तथा सचेतनामूलक गतिविधिहरूसमेत सञ्चालन गरिएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास हुनुका साथै एचआईभी/एड्स सम्बन्धी सही जानकारी फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। सहभागी विद्यार्थीहरूले कार्यक्रम उपयोगी र ज्ञानवर्धक रहेको प्रतिक्रिया दिएका थिए।
AHF Nepal ले सन् २००९ देखि नेपालमा सरकारी ART क्लिनिकहरूसँग सहकार्य गरी एचआईभी रोकथाम, परीक्षण, उपचार तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया