singel post top banner

चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँः रास्वपा उम्मेदवार बिना

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, माघ १८, २०८२
|
|
२१४ पटक हेरिएको
Shares

सारांश

  • कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने, उनीहरुका कुरा सुन्ने र नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् ।
  • आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिवद्धता जनाइन् ।
  • याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।

कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने, उनीहरुका कुरा सुन्ने र नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिवद्धता जनाइन् ।

याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।

आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखे ।

अहिले पनि किसानका उपजको बजारीकरणमा विचौलिया हाबी हुने गरेको तितो यथार्थ उनीहरुले पोखे । हेमजाजस्तो कृषियोग्य भूमिको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरणको हस्तक्षेपबारे ध्यान दिन स्थानीयले बिनालाई सुझाव दिए ।

हेमजावासी र कास्की–३ का मतादातको सुझावलाई सम्वोधन गर्दै उम्मेदवार बिनाले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने सुरुमै प्रतिवद्धता जनाइन् ।

करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनले बताइन् । कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने भएकाले आफूले ध्यान दिने बिनाको भनाइ थियो ।

‘हेमजाले वार्षिक २५ करोड रुपैयाँको त आलुमात्रै बेच्दो रहेछ । यही ठाउँले सिंगो पोखरलाई नै तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदानसमेत गरेको छ,’ बिनाले भनिन्, ‘फेरि अर्कोतिर यही कृषि क्षेत्र बढ्दो सहरीकरणको चपेटामा छ । अब कृषि क्षेत्र र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने राज्यले नीतिगत रुपमै ध्यान दिनुपर्छ । म संसदमा गएर यस्तै कुरामा ध्यान दिने हो ।’

कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको बिनाले सुनाइन् । कुनै स्वार्थ राखेर आफू राजनीतिको मैदानमा नहोमिएको बताउँदै बिनाले विशुद्ध नागरिकको पक्षमा, सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाइन् ।

‘म स्वार्थले राजनीतिमा होमिएकी होइन्, मलाई पैसा कमाउँला भन्ने पनि छैन र त्यो आवश्यक पनि छैन । समाजसेवा र महिला शसक्तिकरणको क्षेत्रमा क्रियाशील थिएँ । अब प्रत्यक्ष रुपमा जनताको पक्षमा नीतिगत तहबाटै काम गर्ने अठोटका साथ उम्मेदवार बनेर आएकी छु,’ बिनाले भनिन्, ‘म स्वार्थभन्दा माथि उठेर यो देशको एउटा सेवक बनेर काम गर्न मैदानमा होमिएकी हुँ ।’

महिला सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक न्यायका सवालमा निरन्तर सक्रिय हुँदै सञ्जीवनी सिस्टर्स एसोसिएसनको संस्थापक अध्यक्षका रूपमा सयौं महिलासँग जोडिँदै राजनीतिमा होमिएकी गुरुङले माटो सुहाउँदो नीति र विकासमा जोड दिने प्रतिवद्धता जनाइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2