singel post top banner

रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ १, २०८३
|
|
७७ पटक हेरिएको
Shares
रात्रीकालिन व्यवसायको अनुगमन गर्न माग

सारांश

  • पोखरा, १ जेठ ।
  • होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।
  • जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।

पोखरा, १ जेठ । होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।

उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । राति दुई बजे उता रात्रीकालिन व्यवसायलाई संचालनमा रोक लगाउन समेत अनुरोध गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । उल्लेखित विकृति विरुद्ध अनुगमनलाई तीव्र पार्न माग गर्दै पत्रमा पोखराका झण्डै दुई दर्जन पर्यटकीय संघसंस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘सुन्दर पर्यटकीय नगरी पोखरालाई मिति २०८० चैत्र ०४ गते पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयको अवसर पारेर २४ सै घण्टा खुला रहने छ भन्ने सन्देश दिने र पोखरालार्ई पर्यटकमय बनाउने उद्धेश्य अनुरुप पोखरा महानगरका प्रमुख एवम् जिल्ला प्रशासन कार्यालयको मातहतमा बैठक बसी लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुमा ४२ बुँदे आचारसंहिता पालना गरी २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति रहेको थियो । उक्त आचारसंहिता पालना हुन नसक्ने व्यवसायको हकमा राती ११ः०० बजे नै व्यवसाय बन्द गर्नेुपर्ने र सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनलाई निरन्तर जारी राख्ने भनी निर्णय गरिएको भएपनि अनुगमन हुन नसकेको कारण सबै खालका पसलले मदिरा बेच्ने, सडकमा अनावश्यक हो–हल्ला गर्ने, रातभरी ठुलो आवाजमा मोटरसाइकल दौडाउने पड्काउने, समाजको शान्ती सुरक्षामा खलबल पु¥याउने, पर्यटक तथा स्थानीय वासीहरुलाई त्रसित तथा अतंकित पार्ने र भय सृजना गर्ने अवस्था रहेको हुँदा यस क्षेत्रको वातावरण र शान्ती शुरक्षामा नै संकट पर्न गएको, लागू औषध प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढदै गएको, दिनहुँजसो झै झगडा हुनेगरेको, पर्याप्त मात्रामा सीसी टीभी क्यामेरा जडान नभएको र भएको क्यामेराको उचित मर्मत सम्भार नभएको तथा पर्याप्त मात्रामा सुरक्षा साधानको अभावमा समयमै दोषी पक्रन समस्या भएको हुँदा पर्यटकीय राजधानी पोखराप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश प्रवाह हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरु निर्मुल गर्न राती २ (दुई) बजे पछि सम्पूर्ण रात्रीकालिन व्यवसाय पूर्ण रुपमा संचालन गर्न नदिनु हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगी व्यवसायीहरु, नागरिक समाज तथा सरोकारवालाहरु विनम्र अनुरोध गर्दछौं ।’

पत्रमा थप भनिएको छ– रातको समयमा मोटसाइकलमा सवार गर्ने व्यक्तिहरुले बन्दुकको आवाज जस्तै गरी ध्वनी निकाल्दै ध्वनीप्रदुषण गर्ने, शान्त रुपले आराम गर्दै र बास बसिरहेका पर्यटक र समाजलाई समेत असान्त बनाउने,  पोखरा आगमन हुने पर्यटकहरुलाई विभिन्न चोकहरु (छोरेपाटन, विरौटा चोक, सिर्जना चोक, जिरो कि.मि., जरेवर, हल्लनचोक, राष्ट्र बैंक चोक र मुख्य सडकहरु) मा होटलका कर्मचारी तथा संचालकहरुले बाइक तथा स्कुटर जस्ता सवारी साधनहरुबाट दुर्घटना हुने गरी पिछा गर्ने र यस क्षेत्रको शान्ति सुरक्षामा नै खलल हुने गरी पर्यटकहरुलाई विभिन्न प्रलोभन देखाउने, वलजफ्ती गरी त्रसित गराउने गरेकोे हुँदा पोखरा आगमन हुने पर्यटकहरुलाई सुरक्षित र स्वइच्छाले पुर्व निर्धारित तय भएको होटल प्रतिष्ठानहरुमा जाने वातावरण नभएको हुँदा उक्त कार्यलाई निरुत्साहीत गरी त्यस कार्यमा संलग्न होटल संचालक तथा कर्मचारीहरुलाई समेत कारवाही गरी पाउँ भनी हार्दिक अनुरोध गर्दछौं ।

पत्रमा होटल संघ पोखरा नेपाल लगायत पोखरा– ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद् अन्तर्गतका सदस्य संस्था, होटल संघ नेपाल गण्डकी र अन्य पर्यटकीय संघसंस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2