singel post top banner

मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
४६९ पटक हेरिएको
Shares
मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा

सारांश

  • पोखरा ।
  • जिल्ला प्रहरी कार्यालय कास्की ले मादक पदार्थ सेवन (मा.
  • प.

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले मादक पदार्थ सेवन (मा.प.से.) गरी स्कूल बस चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने स्कूल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासो व्यापक रूपमा आएपछि मिति २०८२ फागुन ४ गते बिहान करिब ९:३० बजे विशेष चेकजाँच गरिएको थियो।जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट ट्राफिक प्रहरीसमेत खटिएको संयुक्त टोलीले स्कूल बस चालकहरूको मा.प.से. परीक्षण गरेको थियो।चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका चालकहरू यस प्रकार छन्:

१. माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ३३ वर्षीय आनन्द परियार

२. कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बस चालक पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङ

३. बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ।
४. अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ।

५. एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१० रामबजार बस्ने ४७ वर्षीय पदम विक

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकजाँचलाई निरन्तरता दिइनेछ।प्रहरीले विद्यालय प्रशासन तथा सवारी चालकलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
को हुन ? स्ट्यानफोर्ड विश्वविद्यालयको बिश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध कास्की २ का स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइराला
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
सहारा एकेडेमीको सहयोगार्थ आयोजना हुने च्यारिटी समर हाइकिङको पूर्व अवसरमा फल्चा तथा अन्तर्राष्ट्रिय झण्डा पार्कमा सरसफाइ तथा पुष्परोपण
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत १४ गते बिहीबारको राशिफल
न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह
न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
singel sidbar banner
singel sidbar banner 2