पोखरामा वाडा अटो शो हुने
सारांश
- पोखरा, पोखरामा चैत्र ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ ।
- पोखराको लेकसाइड, बाराही खेल मैदानमा हुने शो चैत्र १५ गते सम्म सञ्चालन हुने आयोजक पश्चिमाञ्चल अटो मोबाइल डिर्लस एशोशिएसन (वाडा) अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए ।
- अटो शोमा १६ वटा ब्राण्डका ४ पाङग्रे, ६ वटा ब्राण्डका लाइट कर्मशियल, १० वटा ब्राण्डका २ पाङग्रे, एउटा हेभी कर्मशियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र अन्य एशोसेरिजहरु तथा वित्तीय संस्थाहरुका २० वटा स्टलहरु रहने उनले बताए ।
अटो शोको थप आकर्षणका लागि तथा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरुबारे जानकारी उपलब्ध गराउने छ ।नयाँ संस्करणमा विशेष भिन्टेज कार पनि शोमा राखिने भएको छ । यस्तै अत्याधुनिक प्रविधि विकास एवंम् नव परिवर्तन सँग आम सर्वसाधारणलाई साक्षात्कार गराउनका लागि रोबोटहरु प्रर्दशनमा राखिने एशोशिएसनका वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठले बताए । श्रेष्ठको अनुसार युनी ट्रि जि वान ह्युमानोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरु प्रर्दशनमा राखिने छ ।अटो शोमा एमपियर, अथेर, अउकवेल, विवाइडी,चेरी, वान्डा, दिपल, फोरन्टिन, हुन्डाई, काइयी,कामा, लिप मोटर, एम जी, निशान, वमोडा जाइको, प्रोटोन, रोयल एन्फील्ड, स्काइ वर्थ, सुजुकी, टाटा, टीभिएस, एक्सप्रेस टी, यामाहा, जोन्टीस जस्ता प्रख्यात ब्राण्डका सवारी साधनहरु रहने एशोशियसनका उपाध्यक्ष निरन केसीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया