राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सारांश
- काठमाडौं – गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
- अधिवक्ता मनिषकुमार श्रेष्ठले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।
- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
काठमाडौं – गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता मनिषकुमार श्रेष्ठले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले उक्त निर्णय स्वयं पढेर सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।आफैँ सम्मिलित मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा सिफारिस गरिँदा स्वार्थ बाझिएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै रिट दर्ता भएको हो ।५९ सदस्यीय राष्ट्रिय सभामा एक जना सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कानुनी व्यवस्था रहेको छ ।तर, अन्तरिम सरकारको कार्यकाल सकिन लागेका बेला विभिन्न नियुक्ति गरिएको भन्दै यतिबेला प्रधानमंत्री सुशीला कार्कीको व्यापक आलोचना भइरहेको छ ।




प्रतिक्रिया