singel post top banner

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, फाल्गुन १२, २०८२
|
|
३७३ पटक हेरिएको
Shares
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

सारांश

  • काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।
  • सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा निजी निर्णयका कारण स्वदेश फर्किन चाहँदा त्यसको सम्पूर्ण दोष परामर्शदातालाई थोपर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरेको छ।
  • संघका अनुसार पछिल्ला वर्षहरूमा संयुक्त अरब इमिरेट्स (UAE) नेपाली विद्यार्थीका लागि सर्वसुलभ, पहुँचयोग्य र उच्च सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै आएको र शैक्षिक परामर्शदाताहरूले विद्यार्थी र सम्बन्धित कलेजबीच समन्वय तथा सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको र प्रचलित नियमअनुसार निश्चित सेवा शुल्क लिने गरिएको इक्यानको भनाइ छ।

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।

सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा निजी निर्णयका कारण स्वदेश फर्किन चाहँदा त्यसको सम्पूर्ण दोष परामर्शदातालाई थोपर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरेको छ।

संघका अनुसार पछिल्ला वर्षहरूमा संयुक्त अरब इमिरेट्स (UAE) नेपाली विद्यार्थीका लागि सर्वसुलभ, पहुँचयोग्य र उच्च सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै आएको र शैक्षिक परामर्शदाताहरूले विद्यार्थी र सम्बन्धित कलेजबीच समन्वय तथा सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको र प्रचलित नियमअनुसार निश्चित सेवा शुल्क लिने गरिएको इक्यानको भनाइ छ।

इक्यानले अध्ययन शुल्क भुक्तानी प्रक्रियामा नेपालको बैंकिङ प्रणाली अनिवार्य प्रयोग गर्दै राज्यलाई तीन प्रतिशत शिक्षा सेवा कर तिर्ने गरिएको स्पष्ट पारेको छ। तर, विद्यार्थीले अध्ययन सुरु गरिसकेपछि उत्पन्न हुने व्यक्तिगत जीवनशैली, आवास व्यवस्थापन, वैदेशिक रोजगारीको उपलब्धता वा अन्य निजी व्यवस्थापनसम्बन्धी विषयहरू परामर्शदाताको प्रत्यक्ष नियन्त्रण वा कानुनी क्षेत्राधिकारभित्र नपर्ने संघको जिकिर छ।

विज्ञप्तिमा भनिएको छ, “यदि कन्सल्टेन्सीले भ्रामक सूचना दिएको, झुटा कागजात पेस गरेको वा सिफारिस गरेको कलेज भौतिक रूपमा अस्तित्वमा नरहेको प्रमाणित भएमा सम्बन्धित संस्थाले पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ र प्रचलित कानुनअनुसार कारबाही भोग्नुपर्छ। तर व्यक्तिगत कारणका आधारमा सम्पूर्ण दोष कन्सल्टेन्सीलाई थोपर्नु उचित होइन।”

संघले नेपाल सरकारको आधिकारिक संवैधानिक तथा प्रशासनिक संयन्त्रबाट उपयुक्तता परीक्षणपछि वैदेशिक अध्ययन अनुमति पत्र (NOC) स्वीकृत हुने प्रक्रियामा परामर्शदाताहरूले सहजीकरण मात्र गर्ने जनाएको छ। राज्यले नै वैध मानेको प्रक्रियामा सहभागी व्यवसायीहरूमाथि मात्रै एकलौटी रूपमा दोषारोपण गर्नु विद्यमान नियामक संरचना र सरकारी निर्णयमाथिकै अविश्वास भएको इक्यानको ठहर छ।

यसै सन्दर्भमा संघले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई कुनै दबाब वा पूर्वाग्रह बिना निष्पक्ष, तथ्यपरक र प्रमाणमा आधारित अनुसन्धान गर्न आग्रह गरेको छ।

इक्यानले ग्लोबल एजुकेशन मोबिलिटीलाई विश्वका विकसित राष्ट्रहरूमा दीर्घकालदेखि स्थापित अभ्यासका रूपमा उल्लेख गर्दै नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यसलाई रणनीतिक तथा रूपान्तरणकारी अवसरका रूपमा लिनुपर्ने धारणा राखेको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादनका लागि पारदर्शी र उत्तरदायी ‘अब्रोड एजुकेशन इकोसिस्टम’ निर्माण अपरिहार्य रहेको संघको भनाइ छ।

संघका अनुसार उक्त इकोसिस्टमको सफलताका लागि सरकार, नियामक निकाय, शैक्षिक परामर्श संस्था, गन्तव्य देशका शैक्षिक संस्थान, विद्यार्थी र अभिभावकबीच समन्वित सहकार्य आवश्यक छ। यस प्रणालीलाई निरुत्साहित गर्नु भनेको देशलाई आधुनिक ज्ञान, प्रविधि र विश्वव्यापी अवसरबाट टाढा धकेल्नु हुने इक्यानको निष्कर्ष छ।

साथै, संघले सदस्य संस्थाहरूलाई विद्यार्थी तथा अभिभावकसँग गरिने हरेक संवादमा पूर्ण पारदर्शिता कायम गर्न निर्देशन दिएको जनाएको छ। कन्सल्टेन्सी र विद्यार्थीबीच हुने सहजीकरणलाई कानुनी रूपमा सुरक्षित र स्पष्ट बनाउन लिखित सेवा–सम्झौता अनिवार्य गरिएको तथा सेवा शुल्क संरचनालाई पारदर्शी र व्यवस्थित बनाउन स्पष्ट नीति कडाइका साथ लागू गरिएको इक्यानले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
गुणस्तरीय, समावेशी र व्यवहारिक शिक्षामै गण्डकी प्रदेशको भविष्य निर्भर छ : मन्त्री थापा
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
चपस कास्कीद्वारा स्व. दिनेश सिटौला र स्व.सुनिल थापाप्रति श्रद्धाञ्जली कार्यक्रम
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
अमेरिकामा उदयपुरका थापाद्वारा आफ्नै श्रीमती र छोरीको हत्या, प्रहरीको इन्काउन्टरमा उनको पनि मृत्यु
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
संस्थान र उपभोक्ताको हितमा काम गर्न कार्कीको निर्देशन
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
प्रधानमन्त्री कार्कीको रारा भ्रमण
singel sidbar banner
singel sidbar banner 2