स्वतन्त्र उम्मेदवार वैज्ञानिक डा. निरञ्जन कोइरालाको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य
सारांश
- कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार वैज्ञानिक डाक्टर निरञ्जन कोइरालाले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य गर्ने भएका छन्।
- श्रम संस्कृति पार्टीको कास्की क्षेत्र नम्बर २ मा कुनै पनि उम्मेदवार छैनन्।
- आफूले बोकेको एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएका कारण आफूले चुनावी सहकार्य गरेको स्वतन्त्र उम्मेदवार डाक्टर कोइरालाले बताए।
कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार वैज्ञानिक डाक्टर निरञ्जन कोइरालाले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग चुनावी सहकार्य गर्ने भएका छन्। श्रम संस्कृति पार्टीको कास्की क्षेत्र नम्बर २ मा कुनै पनि उम्मेदवार छैनन्। आफूले बोकेको एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएका कारण आफूले चुनावी सहकार्य गरेको स्वतन्त्र उम्मेदवार डाक्टर कोइरालाले बताए। श्रम संस्कृति पार्टीका कास्की कार्यवाहक अध्यक्ष श्याम थापा र स्वतन्त्र उम्मेदवार डाक्टर कोइरालाले शनिबार पोखरा चिप्लेढुङ्गामा संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटनमा गरे। आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन प्रवर्धन र युवा मैत्री नीति जस्ता एजेण्डाहरू मेल खाएका कारण आफूहरूले चुनावी तालमेल गरेको श्रम संस्कृतिका थापा र स्वतन्त्र उम्मेदवार डा. कोइरालाले बताए।प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत कास्की–२ मा वैज्ञानिक पृष्ठभूमिका उम्मेदवार डा. कोइरालाले विकास, अनुसन्धान र उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्दै मत मागिरहेका छन्। उनले मतदातासँग “देश र जनताको भविष्य लेख्ने मसी अब वैज्ञानिकको हातमा” भन्ने नारासहित समर्थन अपिल गरे।श्रम संस्कृति पार्टी कास्कीका कार्यवहाक अध्यक्ष श्याम थापा र स्वतन्त्र उम्मेदवार डा. कोइराला बिच आइतबार सम्झौता समेत भएको हो । श्रम संस्कृति पार्टी कास्कीका कार्यवहाक अध्यक्ष थापाले देशमा ऋणको भार बढ्दै गएकोले देशमा आत्मर्निभर स्वभलम्बन पद्धती आवश्यक भएको बताए

पाँच वर्षमा पाँच काम
डा। कोइरालाले पाँच वर्षमा पाँच प्रमुख काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पहिलो, देशको जल र जमिनमा रहेका प्राकृतिक स्रोतहरूको वैज्ञानिक पहिचान र उपयोग। दोस्रो, कृषिमा औजारिकरण, स्वदेशी जैविक मल उत्पादन, विषादीमुक्त तरकारी तथा फलफूल उत्पादन र किसानलाई सुनिश्चित बजार व्यवस्था। तेस्रो, जडिबुटी, जैविक ऊर्जा, जैविक पर्यटन र जैविक अर्थतन्त्रमा आधारित उद्योग स्थापना गरी रोजगारी सिर्जना। चौथो, विद्यालय तहदेखि नै विज्ञान, अन्तरिक्ष विज्ञान, कृत्रिम बुद्धिमत्ता र नयाँ प्रविधिमा आधारित प्राविधिक शिक्षा प्रवर्द्धन।
पाँचौं, आवश्यक कानुन तथा नीति निर्माणसहित वैज्ञानिक ढंगले संविधान संशोधनका लागि पहल।उनले नेपाल कृषि, जलविद्युत, खनिज र पर्यटनका अपार सम्भावनाले भरिपूर्ण देश भए पनि असक्षम नेतृत्व, भ्रष्टाचार, दण्डहीनता, राजनीतिक हस्तक्षेप र नीति निर्माणमा विज्ञको अभावका कारण पछि परेको दाबी गरे। “देशको नीति निर्माण गर्ने स्थानमा भुगोल र जनताको आवश्यकतालाई बुझेका सक्षम विज्ञ पुग्नुपर्छ,” उनले भने, “राष्ट्रले लगानी गरेर तयार पारेका वैज्ञानिक, डाक्टर, इन्जिनियर र प्राविधिक जनशक्तिलाई देशमै उपयोग गर्न सके आत्मनिर्भर अर्थतन्त्र सम्भव छ।” कार्यक्रममा श्रम संस्कृति पार्टीका प्रतिनिधिहरुले पनि आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन प्रवर्द्धन र युवामैत्री नीति निर्माणका लागि सहकार्य गरिएको बताएका थिए।




प्रतिक्रिया