singel post top banner

३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, आषाढ ८, २०८३
|
|
१ पटक हेरिएको
Shares
३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

सारांश

  • काठमाडौं, मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
  • तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजार जना भन्दा बढीआँखाका विरामीहरु लाभान्वित भएका हुन् ।
  • शिविरको क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ ।

काठमाडौं,
मात्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजार जना भन्दा बढीआँखाका विरामीहरु लाभान्वित भएका हुन् । शिविरको क्रममा आँखा जाँच गर्ने देखि निःशुल्क औषधी वितरण लगायका काम हुँदै आइरहेको छ । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी पनि निशुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
पहिलो चरणमा काभ्रेपाल्चोकको नवबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना,सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना विरामी लाभान्वित भएका छन् । त्यस्तै गरी साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीम सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन् ।
गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।त्यस्तै दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट एक सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । जसमा काठमाडौ महानगर १८ नरदेविमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना,भक्तपुरमा भएकोमा १५ जना र मैतिदेविमा भएको शिविरमा १२ जना गरी एक सय आठ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । त्यसैगरी तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने ७५ जना विरामी लाभान्वित भएका छन् । जसमा ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
शुक्रबार हावाहुरी र भारी वर्षाको सम्भावना,सचेत रहन विभागको आग्रह
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
३०औं वन्यजन्तु सप्ताह : बुढ़ीराप्ती नदी सरसफाईमा एमालेको साथ
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
प्रतिभा मावि र शान्ति निकेतनको सहकार्यमा संस्कृत र चिनियाँ भाषा पढाइने
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
१० उच्च पदस्थलाई धम्क्याउने पाठक पक्राउ
उत्कर्षमा इरान–अमेरिका तनाव
उत्कर्षमा इरान–अमेरिका तनाव
singel sidbar banner
singel sidbar banner 2