singel post top banner

यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
११४ पटक हेरिएको
Shares
यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

सारांश

  • काठमाडौंः माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमका बीच बिदाइ गरेको छ।
  • आगामी अप्रिल ८ तारिखसम्म साफ यू–२० च्याम्पियनसिपको तेस्रो संस्करण माल्दिभ्सको मालेमा आयोजना हुँदै छ।
  • सन् २०२४ को संस्करणमा फाइनलमा पुगेर पराजित भएको नेपाली टोली यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

काठमाडौंः माल्दिभ्समा अप्रिल २३ देखि हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमका बीच बिदाइ गरेको छ।

आगामी अप्रिल ८ तारिखसम्म साफ यू–२० च्याम्पियनसिपको तेस्रो संस्करण माल्दिभ्सको मालेमा आयोजना हुँदै छ। सन् २०२४ को संस्करणमा फाइनलमा पुगेर पराजित भएको नेपाली टोली यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

मालेमा हुने च्याम्पियनसिपमा कुल सात राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। समूह ‘ए’मा रहेको नेपालको समूहमा भुटान, श्रीलंका र आयोजक माल्दिभ्स रहेका छन् भने समूह ‘बी’मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

च्याम्पियनसिपका लागि नेपाली युवा टोलीले करिब एक महिनादेखि तयारी गरेको छ। समूह चरण सहज भए पनि बलिया दुई राष्ट्र भारत र बंगलादेशमध्ये एउटा टोलीलाई नेपालले सेमिफाइनलमा नै प्रतिद्वन्द्वी पाउनेछ। तर, यसपल्ट दुवै टोलीलाई हराउनेमा नेपाली युवा टोली आशावादी छ।

नेपाली टोलीमा अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराउँ, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निसानराज लावत, पवन पाख्रिन, पेम्बा नोर्बुभोटे, प्रशान्त मोक्तान, प्रशुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई २ लाख नगद
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
प्लास्टिक सामग्री उत्पादन तालिम उद्घाटन
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
बुधबारका लागि विदेशी मुद्राको विनिमय
बुधबारका लागि विदेशी मुद्राको विनिमय
आलु महोत्सवमा ५० लाख बढीको कारोवार
आलु महोत्सवमा ५० लाख बढीको कारोवार
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
गोली प्रहारबाट सब-इन्जिनियर यादवको मृत्यु
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
नगर प्रमुख र सब–इन्जिनियर विरुद्ध भ्रष्टाचारको मुद्दा
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
टाइगर कपः ३ पाकिस्तानी सम्मेलित पर्वत भलिबलविरुद्ध आर्मीको रोमाञ्चक जित
singel sidbar banner
singel sidbar banner 2