singel post top banner

मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
३७६ पटक हेरिएको
Shares
मा.प.से. गरी स्कूल बस चलाउने पाँच चालक नियन्त्रणमा

सारांश

  • पोखरा ।
  • जिल्ला प्रहरी कार्यालय कास्की ले मादक पदार्थ सेवन (मा.
  • प.

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले मादक पदार्थ सेवन (मा.प.से.) गरी स्कूल बस चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने स्कूल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासो व्यापक रूपमा आएपछि मिति २०८२ फागुन ४ गते बिहान करिब ९:३० बजे विशेष चेकजाँच गरिएको थियो।जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट ट्राफिक प्रहरीसमेत खटिएको संयुक्त टोलीले स्कूल बस चालकहरूको मा.प.से. परीक्षण गरेको थियो।चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेका चालकहरू यस प्रकार छन्:

१. माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ३३ वर्षीय आनन्द परियार

२. कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बस चालक पोखरा महानगरपालिका–५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङ

३. बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक पोखरा महानगरपालिका–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ।
४. अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ।

५. एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चालक पोखरा महानगरपालिका–१० रामबजार बस्ने ४७ वर्षीय पदम विक

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकजाँचलाई निरन्तरता दिइनेछ।प्रहरीले विद्यालय प्रशासन तथा सवारी चालकलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

१४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
१४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
बाख्राका पाठी र बीउ बोका वितरण
बाख्राका पाठी र बीउ बोका वितरण
मदरल्याण्डका विद्यार्थी संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
“अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता” प्रदेश प्रमुख भट्ट
singel sidbar banner
singel sidbar banner 2