singel post top banner

“चुनावी सुरक्षामा कुनै कमजोरी नरहोस” – प्रधानमन्त्री कार्कि

पोखरा हटलाइन पोखरा हटलाइन
|
मंगलबार, माघ २७, २०८२
|
|
४३५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको चुक नहोस् भन्दै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् ।
  • महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयसम्बन्धी कमजोरी अब दोहोरिन नदिन स्पष्ट निर्देशन दिइन् ।
  • प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस् ।

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको चुक नहोस् भन्दै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयसम्बन्धी कमजोरी अब दोहोरिन नदिन स्पष्ट निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस् ।’

उनले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । साथै, जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन र सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न आग्रह गरिन् ।

बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्यसहित समग्र सुरक्षा व्यवस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्नुका साथै हालसम्म सम्पादन गरिएका कार्यहरूको समीक्षा, सुझाव र समसामयिक विषयमा छलफल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
पाँचथरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
६ लेनमा विस्तारित पुलचोक-गोन्द्राङ सडकको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
फोहोर समस्या होइन, समस्या हामी हौं पोखराको फोहोर संकट : जिम्मेवारी, राजनीति र वातावरणीय न्याय , सम्वन्धित निकायलाई ध्यानाकर्षण  विशेष रिपोर्ट
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
singel sidbar banner
singel sidbar banner 2