चितवनकी पत्रकार संगिता बानियाँको निधन
सारांश
- चितवन, चैत ७ ।
- नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ ।
- ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
चितवन, चैत ७ । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
पत्रकार बानियाँको पार्थिव शरिर केहि बेरमा भरतपुर–१४ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लैजाने तयारी गरिएको उनका जेठाजु श्याम सिलवालले जानकारी दिए ।
बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केहि समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो । दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।




प्रतिक्रिया