singel post top banner

कास्की २ का उमेदवार रश्मी आचार्य फेसबुक लाइभमा आउने

पोखरा हटलाइन पोखरा हटलाइन
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
१८३ पटक हेरिएको
Shares
कास्की २ का उमेदवार रश्मी आचार्य फेसबुक लाइभमा आउने

सारांश

  • कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्नेपोखरा,१७ फागुन ।
  • आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
  • उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस साझा गर्दै सामाजिक संजाल फेसबूक र टिकटकबाट अब आउने काम र दायित्वका बारेमा प्रत्यक्ष संवाद गर्ने उल्लेख गरेका हुन् ।

कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
पोखरा,१७ फागुन ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट नेकपा (एमाले) का उम्मेदवार रश्मि आचार्यले आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
उम्मेदवार आचार्यले आज आफ्नो फेसबूक पेजमा एक स्टाटस साझा गर्दै सामाजिक संजाल फेसबूक र टिकटकबाट अब आउने काम र दायित्वका बारेमा प्रत्यक्ष संवाद गर्ने उल्लेख गरेका हुन् ।
भूगोल सहित अन्य कारणले भेटघाट हुन नसकेका आम कास्की क्षेत्र नं. २ का मतदाता समक्ष आचार्यले सुझाव सहित आगामी कार्यदिशा सम्बन्धमा सुझाव लिन प्रत्यक्ष संवादमा जुट्न लागेको उनले बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा उम्मेदवार आचार्यले लेखेका छन् ः–
‘के हामी संवाद गर्न सक्छौँ ?
देशमा सुशासन कायम गरी कास्की क्षेत्र नम्बर २ मा हामीले अगाडि बढाएको समावेशी विकासको मोडललाई प्रभावकारी बनाउन कसरी हातेमालो गर्न सकिन्छ होला? हो, यसै सन्दर्भमा आज साँझ ८ बजे यहाँहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्नको लागि मेरो फेसबुक पेज र टिकटकमा प्रत्यक्ष संवादमा जोडिनेछौँ ।’

Link:

https://www.facebook.com/share/1AUaysfghN/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2