singel post top banner

छप्ल्याङमा कास्की २ का उम्मेदवार किरण थापा

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ११, २०८२
|
|
४७८ पटक हेरिएको
Shares
छप्ल्याङमा कास्की २ का उम्मेदवार किरण थापा

सारांश

  • कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा ले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
  • पोखरा ३३ छप्ल्याङका स्थानीय तथा आमा समूहको भेलालाई उम्मेदवार थापाले सम्बोधन गरेका छन्।
  • छप्लाङ टोल विकास संस्थाको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय नवदुर्गा आमा समूहका पदाधिकारी तथा प्रतिनिधिहरूले उम्मेदवार थापालाई हुने खानेको भन्दा हुँदा खानेको पक्षमा कानुन बनाउन आग्रह गरे।

कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर २ का उम्मेदवार किरण थापा ले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पोखरा ३३ छप्ल्याङका स्थानीय तथा आमा समूहको भेलालाई उम्मेदवार थापाले सम्बोधन गरेका छन्। छप्लाङ टोल विकास संस्थाको आयोजनामा आयोजित कार्यक्रममा स्थानीय नवदुर्गा आमा समूहका पदाधिकारी तथा प्रतिनिधिहरूले उम्मेदवार थापालाई हुने खानेको भन्दा हुँदा खानेको पक्षमा कानुन बनाउन आग्रह गरे। उम्मेदवार थापाले आफू जन्मेको र आफूले मेला, पर्म गरेको ठाउँ मा आफूलाई उम्मेदवारको रुपमा नभई आफू छोरा एवं साथीको नाताले मतदान गर्न आग्रह गरे। “संविधान बाहिरबाट बनेको सरकारका कारण हाम्रो राष्ट्रियता नै धरापमा परेकोले यतिबेला हामीले मतदान गर्दाखेरि देश र राष्ट्रियता बाँच्ने गरी गर्नुपर्नेछ” उम्मेदवार थापाले भने। कार्यक्रममा उम्मेदवार थापाले आफू निर्वाचित भएर गएमा जनताको मनोभावना अनुरूपको नीति निर्माण गरी विकास निर्माणमा प्रदेश संघ र स्थानीय सरकारको समन्वयमा भूमिका खेल्ने बताए। महानगरपालिका भएर पनि सेवा सुविधाका कारण विकासमा पछाडि परेको दुखेसो स्थानीयले उम्मेदवारसँग राखे। करिब ७५ घर धुरी भएको पोखरा ३३ छिप्ल्याङमा १५ वटा घरजग्गा वालाले मात्र लालपुर्जा पाएका छन्। कार्यक्रममा सहभागी स्थानीयले दुई पुस्तासम्म ५० भन्दा बढी घरपरिवारहरू लालपुर्जाविहीन बसोबास गर्नुपरेको गुनासो उम्मेदवार थापा समक्ष व्यक्त गरे। समाज बनाउने जिम्मा हामी सबैको भएकोले समाजका सम्पूर्ण पाटाहरूलाई केन्द्रसँग समन्वयत्मक भूमिका निर्वाह गर्ने अवसर दिन उम्मेदवार थापाले मतदातासँग आग्रह गरे। नीतिगत र योजनात्मक विकासमा छुट्टाछुट्टै भूमिका निर्वाह गरेर जनमुखी विकास र निकास दिनु आफ्नो उद्देश्य रहेको कास्की क्षेत्र नम्बर २ नेकपा उम्मेदवार अमोद थापाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
पहिलो पटक संसद्लाई सम्बोधन गर्दै ट्रम्प : के छन् विषय ?
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
“युवालाइ सृजनशील उत्पादन संग जोड्नुछ” – रश्मि आचार्य,उम्मेदवार एमाले कास्की २
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
ट्रम्पले सहयोग रोकेपछि युक्रेनमा रुसको आक्रमण : ६ बालबालिकासहित २५ जनाको मृत्यु
सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
सहारा प्रवास शाखालाई खेलकुद पत्रकार मञ्च गण्डकीको स्वागत तथा सम्मान
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मा वि सेमीफाइनलमा
प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मा वि सेमीफाइनलमा
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
राजनीति परिवर्तनको नारामा सीमित होइन, व्यवहारमा देखिनुपर्छ – गनेस पौडेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत आज समूह चरणका तीन खेल
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ तथा डुङ्गा सयर
singel sidbar banner
singel sidbar banner 2