singel post top banner

“संकटमोचनका लागि हामीलाई मत दिनुस्” – नेकपा उम्मेदवार

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, माघ १९, २०८२
|
|
१९० पटक हेरिएको
Shares

सारांश

  • फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् ।
  • घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् ।
  • नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् ।

फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका उम्मेदवार र नेता, कार्यकर्ता मत माग्न व्यस्त छन् । घरदैलो र ससाना भेटभाट गरी उनीहरु मतदाताका गुनासा, टिप्पणी र सुझाव लिन लागेका हुन् । नेकपा पुरानामध्येको नयाँ र नयाँ मध्येको पुरानो शक्ति भएको उल्लेख गर्दै उनीहरुले अहिलेको संकटमोचनका लागि नेकपाको जित जरुरी रहेको औंल्याएका छन् ।
नेकपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण)ले सोमबार रुपाका विभिन्न क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर उनीहरुको अपेक्षा सुने । रुपा–३ टाकेञ्जामा सहिदहरुको सालिकमा माल्र्यापण गरी भेटघाट सुरु गरेका थिए । मतदाताहरुले उनलाई विगतका वाचा र पाटीका एजेन्डाहरु नभुल्न सुझाव दिए ।
कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद) गरिब, सुकुम्बासी, सीमान्तकृत, राष्ट्रिय पुँजीपति सबैको समतामूलक समाजको खाका नेकपासँग मात्र भएको बताए । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति कास्कीले आयोजना गरेको उम्मेदवारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले भने,‘ गरीब, मध्यम वर्ग र श्रमजीवी जनताको अधिकार सुरक्षित नगरी समृद्ध शहरको कल्पना गर्न सकिन्न । त्यसको नेतृत्व नेकपाबाहेकबाट सम्भव छैन ।’
उम्मेदवार थापाले संकटका बेला माथिल्लो वर्ग भाग्ने र त्यसको सामना गरीब तथा मध्यम वर्गले भोग्नुपर्ने वर्तमान अवस्था रहेको बताए । उनले भने,‘संकट पर्दा हेलिकोप्टर चढेर भाग्ने होइन, समाधानको उपाय खोज्ने हो ।”
नेकपा कास्की ३ उम्मेदवार गोपाल गिरी माछापुच्छ«े र पोखरा महानगरका केही क्षेत्रका मतदातासँग भेटघाट गरिसकेका छन् । ‘जेन्जी’ युवाको भावना अनुसार काम गर्ने, जातीय विभेद अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नेकपाको जित आवश्यक पर्ने उनले बताए । आज कास्कीको अन्नपूर्ण गाउँपालिकामा चुनावी प्रचारप्रसार तथा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
मंगलबार बिहान अछाम केन्द्र भएर भूकम्प
भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
निर्वाचनको माहोल नेकपाकाे पक्षमा बन्दै छ: प्रचण्ड
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
पोखरा–२७ मा नेपाली काँग्रेसको सम्पर्क कार्यालय स्थापना
सुकुम्बासी समस्या समाधानका लागि नेकपाको नेतृत्व आवश्यक : उम्मेदवार थापा
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
पोखरामा पाँचौं खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगिता सुरु
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै
singel sidbar banner
singel sidbar banner 2