singel post top banner

फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड

पोखरा हटलाइन पोखरा हटलाइन
|
बुधबार, आषाढ १०, २०८३
|
|
३ पटक हेरिएको
Shares
फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड

सारांश

  • पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा प्रदान गरिने एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६ बाट सम्मानित भएका छन्।
  • ओलम्पिक डेको अवसरमा नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित उक्त अवार्ड प्रदान गरिएको हो।
  • समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा प्रदान गरिने एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६ बाट सम्मानित भएका छन्।

ओलम्पिक डेको अवसरमा नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित उक्त अवार्ड प्रदान गरिएको हो।

समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

काठमाडौंको ठमेलस्थित होटल अलोफ्ट मा सम्पन्न कार्यक्रममा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट खेल संघ, खेल पत्रकारिता लगायत विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सोही क्रममा खेलकुद गतिविधिलाई आफ्नो क्यामेरामार्फत प्रभावकारी रूपमा दस्तावेजीकरण गर्दै आएको योगदानको कदरस्वरूप फोटो पत्रकार रञ्जितलाई एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड २०२६ प्रदान गरिएको हो।

रञ्जित लामो समयदेखि खेलकुद तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई फोटो पत्रकारितामार्फत उजागर गर्दै आएका छन्। उनको यो सम्मानलाई नेपाली खेल पत्रकारिता तथा फोटो पत्रकारिता क्षेत्रकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2