singel post top banner

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

पोखरा हटलाइन पोखरा हटलाइन
|
शुक्रबार, जेठ ८, २०८३
|
|
३० पटक हेरिएको
Shares
सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

सारांश

  • पोखरा, ८ जेठ।
  • नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।
  • २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
पोखरा, ८ जेठ। नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।
२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ ।
सीताराम माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष विकास गुरुङ र ध्रुव माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटाले शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2