singel post top banner

नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न

पोखरा हटलाइन पोखरा हटलाइन
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
१८८ पटक हेरिएको
Shares
नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न

सारांश

  • महाशिवरात्रिको अवसरमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न भएको छ ।
  • नवग्रह मन्दिरमा दिउँसो महाशिवरात्री बिशेष पुजाका साथै राष्टिय कलाकार पशुपति शर्मा र घनश्याम रिजालसहितका कलाकारको भजन कन्सर्ट  प्रस्तुती रहेको थियो भने शिव ताण्डव डिजे साँझ सहित ९ लाख ९९ हजार ९ सय ९९ दिप प्रज्वलन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
  • यस्तै पालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगितामा रामनदी गुरुकुल विद्यालयले प्रथम स्थान हासिल गरेको छ।

महाशिवरात्रिको अवसरमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा सम्पन्न भएको छ ।नवग्रह मन्दिरमा दिउँसो महाशिवरात्री बिशेष पुजाका साथै राष्टिय कलाकार पशुपति शर्मा र घनश्याम रिजालसहितका कलाकारको भजन कन्सर्ट  प्रस्तुती रहेको थियो भने शिव ताण्डव डिजे साँझ सहित ९ लाख ९९ हजार ९ सय ९९ दिप प्रज्वलन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै पालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय भजन प्रतियोगितामा रामनदी गुरुकुल विद्यालयले प्रथम स्थान हासिल गरेको छ। यसैगरी अमरज्योति मावि लामडाँडाले दोस्रो स्थान र अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले तृतीय स्थान प्राप्त गरेका छन्। प्रथम हुनेले नगद रु  २५०००, दोस्रो हुनेले रु १५००० र तेस्रो हुनेले रु १०००० नगद पुरस्कार प्राप्त गरे।

वृद्धवृद्धालाई मात्र नभई युवा तथा बालबालिकालाई समेत अध्यात्म मार्फत समाज सुधारमा सकारात्मक प्रभाव बढाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। आपसी सद्भाव, भातृत्व, संस्कृतिको संरक्षण तथा आध्यात्मिक जागरणमा यो उत्सव महत्त्वपूर्ण बन्ने उनको भनाइ थियो।

महाशिवरात्रिको अवसरमा हजारौं भक्तजनले नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पोखरा हटलाइन
पोखरा हटलाइन
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2