पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने
सारांश
- पोखरा, नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २१ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।
- चैत ५ देखि ७ सम्म पर्यटकीय राजधानी पोखरामा प्रतियोगिता हुन ल ना का अध्यक्ष अनिल केसीले खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
- विभिन्न तीन इभेन्टमा हुने प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र समूहगत प्रतिस्पर्धा हुनेछ ।
पोखरा,
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा २१ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । चैत ५ देखि ७ सम्म पर्यटकीय राजधानी पोखरामा प्रतियोगिता हुन ल ना का अध्यक्ष अनिल केसीले खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
विभिन्न तीन इभेन्टमा हुने प्रतियोगितामा एक्युरेसी पुरुष, एक्युरेसी महिला र समूहगत प्रतिस्पर्धा हुनेछ । एक्युरेसी पुरुष र महिलातर्फ प्रथमलाई १ लाख ५० हजार, द्वितीयलाई १ लाख र तृतीयलाई ५० हजार साथमा मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी, समूहगतर्फ प्रथमलाई ७५ हजार, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार साथमा मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपाल र विदेशी गरी करिब एक सय जना खेलाडी (पाइलट) ले भाग लिने आयोजकको अनुमान छ । साथै, प्रतियोगितामा करिब ३० लाख खर्च हुने जनाइएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले प्याराग्लाइडिङले पोखराको पर्यटनमा ठूलो टेवा मिलेको भन्दै बोर्ड पनि यसप्रकारका इभेन्टलाई सहयोग गर्दैआएको बताए ।
टेक्निकल डाइरेक्टर योगेश भट्टराईले प्रतियोगितामा खेलभन्दा पनि जीवन सुरक्षलाई ध्यान दिइने बताए । त्यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टिम खटिनेछ । मणिपाल शिक्षण अस्पतालले मेडिकल टिम खटाउनेछ ।
केही वर्षअघि १८ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेर नेपालको नाम चम्काएको थियो ।
नेपाल हवाई खेलकुद संस्थाले यसबाहेक एफएआई क्याटगोरी–सेकेण्ड मान्यता प्राप्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिप तथा नेपालमा प्याराग्लाइडिङ वल्र्ड कपको तयारी स्वरुप प्याराग्लाइडिङ प्रि–वल्र्ड कप, एसियन कन्टिनेन्टल प्याराग्लाइडिङ च्याम्पियनसिप पनि गरिसकेको छ ।
फेवातालको आकाशमा तीन दिनसम्म हुने प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय खेलाडीसमेत छनोट गरिने खेल संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । आयोजकले खेल तयारीका लागि ७ सदस्यीय मूल आयोजक समिति र विभिन्न १० उपसमिति पनि गठन गरेको छ ।
नामा हाल ५० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका सदस्य आबद्ध छन् । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल प्लाराग्लाइडिङ पाइलट्स क्लब, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपापालिका, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा पर्यटन परिषद्लगायतका संघसंस्थाले सहयोग गरेका छन् ।




प्रतिक्रिया